१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

डिजिटल वहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले सुरु गर्यो ‘कोइली सेवा’

डिजिटल वहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले सुरु गर्यो ‘कोइली सेवा’
अ अ+ अ-

काठमाडौं । डिजिटल वहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले दोश्रो बार्षिक साधारण सभा तथा दोश्रो वार्षिकोत्सव समारोहमा सम्पन्न गरेको छ । सनिबार सम्पन्न दोश्रो बार्षिक साधारण सभा तथा दोश्रो वार्षिकोत्सव समारोहले काठमाडौमा पहिलो पल्ट डिजिटल बहुउद्देश्यीय सहकारी संस्था स्वयम्भू बाट ुकोइली” सेवाको शुभारम्भ गरेको छ ।

समृद्धिका लागि समुदाय,समुदाय संगसंगै डिजिटल भन्ने मान्यताका आधारमा कामपा १५ वडा स्वयम्भुमा स्थापित डिजिटल वहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले सहकारी डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको ब्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस देवन सफ्ट प्रा लि (आई स्मार्ट र बित्स्क्राफ्ट प्रा लि (“कोइली”) को साझेदारीमा काठमाडौं मै पहिलो पटक सञ्चालनमा ल्याएको छ ।

कोइली सेबाको शुभारम्भ काठमाडौ महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिती इश्वर मान डंगोल ले सहकारी संस्थाका अध्यक्ष दीपक चन्द्र गौतम लाई कोइली अडियो (QR) हस्तान्तरण गरेर नै पहिलो पल्ट सहकारीमा सेवाको शुभारम्भ गर्नु भएको थियो

फोनपे नेटवर्क भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेण्टहरूसँग रहेको क्यूआर कोड मार्फत सेवाग्राहीहरूले भुक्तानी गर्दा एसएमएस अलर्ट आउने गरेकोमा अब सो को अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइस “कोइली “ बाट कारोबार सफल हुनासाथ तत्कालै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित हुने सुविधा थप भएको छ । सहकारी डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइस देवन सफ्ट प्रा लि (आई स्मार्ट) ले काठमाडौं मै पहिलो पल्ट सहकारीमा सुरुवात गरेको हो ।

यस नवीनतम प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोड मार्फत भुक्तानी गर्नासाथ मर्चेण्ट तथा ग्राहकहरूले रकम भुक्तानी सफलतापूर्वक भएको सूचना आवाज मार्फत तत्काल प्राप्त गर्न गर्नेछन् । यस डिभाइसमा फोनपे नेटवर्कमा आबद्ध क्यूआर कोडमा भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ । सहकारीमा यस सुविधा नेपालमै पहिलो पल्ट फोनपे नेटवर्कमा आबद्ध क्यूआरमा असोज २३ गतेपोखरामा रहेको बिशाल बचत तथा ॠण सहकारी संस्थाबाट सफल परीक्षण गरिएको थियो भने काठमाडौंमा चै पहिलो पटक डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्वयम्भूमा सञ्चालनमा आएको हो।

क्यूआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो सेवा थप विश्वसनीय साबित हुने संस्था ले विश्वास लिएको छ । यस प्रविधिमा क्युआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल प्राप्त गर्न सक्ने छन्। क्यूआरमार्फत गरेको भुक्तानीको जानकारी तत्कालै आवाजमा बोलेर दिने नेपाली प्रविधि हो । यो प्रविधिले सफल भएका कारोबारको जानकारी तत्कालै मानिसको आवाजमा दिन्छ । यो डिभाइसले कारोबार सम्पन्न हुँदा समेत एसएमएस नआउने, ढिलो आउने जस्ता समस्या हटाउने बताईएको छ ।

सहकारीलाई डिजिटल प्रबिधिमा जोड्ने आई स्मार्ट एप मार्फत सदस्यहरूले सहकारीको मोवाईल बैंकिङ सेवा प्रयोग गरी खाताको जानकारी, स्टेटमेन्ट, मोवाईल रिचार्ज, पानी, विजुली, डिस होम, ईन्टरनेट, हवाई टिकट, बस टिकट, सहकारीबाट बैंकमा रियल टाईम बैक ट्रान्सफर, फोन पे क्यु आर स्क्यान, बिभिन्न वालेटहरुमा लोड, बैकबाट सहकारी खातामा रकम ट्रान्सफर, कनेक्ट आईपिएस लगायत अन्य थुप्रै सेवाहरू सजिलै लिन सक्नेछन् ।