४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जयशंकर साहमाथि गोली चलाउने हवल्दार जिल्ला तानिए



अ+ अ-

काठमाडौँ । सर्लाहीको बरहथवामा जयशंकर साहमाथि गोली चलाएको आरोप लागेका प्रहरी जिल्ला तानिएका छन् ।

इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएको हो ।

आन्दोलनकारीले उनै हवल्दारले गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानिएको जिल्ला प्रहरी प्रमुख प्रवीण धितालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको छानबिन भइरहेको छ ।

गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवक साहको मृत्यु भएको थियो । मृतक युवक सर्लाही होटेलका सञ्चालक तथा कुखुरा दानाका होलसेल विक्रेता रहेको बताइएको छ ।

आन्दोलनकारीले हतियार थुत्ने बेला वरिष्ठ हवल्दार यादवको बन्दुक पड्केर गोली चलेको हुन सक्ने प्रहरीले बताएको छ ।

मृतक परिवार र आन्दोलनरत पक्षले भने वरिष्ठ हवल्दार यादवले रिसीबी साध्न निर्दोष साहलाई जानेर गोली दागेर मारेको दाबी गरेका छन् ।