२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरहथवामा मृत्यु भएका जयशंकरको शव घटनास्थलबाट अझै उठाइएन



अ+ अ-

काठमाडौँ । प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय युवक जयशंकर साहको शव अझै पनि घटनास्थलबाट उठाइएको छैन ।

बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शनलाई नियन्त्रणमा गर्ने क्रममा प्रहरीको गोली लागेर स्थानीय जयशंकरको मृत्यु भएको थियो ।

आन्दोलनकारी र प्रशासनबीच सहमति हुन नसक्दा सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका साहको शव घटनास्थलमै रहेको हो ।

शनिबार गृहमन्त्रालयले घटना छानविनका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । सरकारले मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णयसमेत गरेको थियो ।

शव व्यवस्थापनका विषयमा शनिबार साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवामा पीडित र प्रहरी प्रशासनका प्रतिनिधिबीच छलफल पनि बिना निष्कर्ष सकिएको थियो । छलफलमा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहित जिल्लाका सुरक्षा अधिकारी समेतको सहभागिता थियो ।

आइबार बिहान पुन: आन्दोलनरत पक्ष, मृतक परिवारका सदस्यसहित इलाका प्रशासन कार्यालय बरहथवामा छलफल हुने प्रहरीले बताएको छ ।

आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण र स्तरोन्नति तथा बरहथवा नगरपालिकाका प्रमुखको राजीनामालगायतका माग राखेका छन् ।

पीडित पक्षका मागका विषयमा सहमति नजिक पुगेकाले आज बिहानको छलफल पछि शव व्यवस्थापन हुन सक्ने जिल्ला प्रहरी सर्लाहीले जनाएको छ ।

साहको मृत्युपछि स्थानीय प्रशासनले शनिबार बिहान ८ बजेसम्मका लागि बरहथवा क्षेत्रमा कर्फ्यु लगाएको थियो । शनिबार बिहान आठ बजेपछि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समय पनि आज बिहान आठ बजेदेखि सकिएको छ ।