८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

सरकारले भारतसँग गरेका सम्झौताहरुबारे स्पष्ट पार्न आवश्यक छ – सचेतक बर्तौला

सरकारले भारतसँग गरेका सम्झौताहरुबारे स्पष्ट पार्न आवश्यक छ – सचेतक बर्तौला
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दुतावासले २० करोडसम्मका आयोजना आफैँ छनोट गरेर खर्च गर्नसक्ने सम्झौता समानान्तर सरकारको अभ्यास जस्तो भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा बोल्दै सचेतक बर्तौलाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले देशको अर्थतन्त्र र दूरगामी महत्वका विषयमा भएका सम्झौतालाई एमालले पनि स्वागत गर्ने तर राष्ट्रहित विपरितका सम्झौता मान्न तयार नभएको बताउनु भयो । उहाँले नेपाल सरकारले निर्णय गरेर २० करोडसम्म आफैँ आयोजना छनोट गरेर लगानी गर्न सकिने गरी मन्त्रीपरिषद्ले निर्णय गरेर भएको सम्झौता समान्नातर सरकारको अभ्यास देखिने खतरा बढेको बताउनु भयो ।

उहाँले नेपाल सरकारबाट भएका सम्झौताको बारेमा समितिमार्फत देश र जनतालाई थाहा दिनको लागि प्रधानमन्त्रीलाई समिति बैठकमा उपस्थित गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा सरकारले भारतसँग गरेका सम्झौताहरु राष्टहित विपरित भएको टिक्काटिप्पणी आएको भन्दै सरकारले स्पष्ट पार्न आवश्यक रहेको बताउनु भयो । उहाँले भारतका विदेशमन्त्री आउँदा भएका सम्झौताहरु मिडियामार्फत मात्रै सांसदहरुले सुन्न पाएको बताउनु भयो ।

उहाँले कानून समितिको क्षेत्राधिकार भित्र अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरुको बारेमा पनि छलफल गर्ने अधिकार रहेको भन्दै सरकारले भारतसँग गरेका सम्झौताहरु राष्ट्रहित विपरित र नेपालको संविधान र स्वाभिमान माथि आघात पुग्नु रहेको उल्लेख गर्नुभयो । उहाँले दुतावासले २० करोडसम्म खर्च गर्न पाउने सम्झौता मन्त्रीपरिषद्बाट निर्णय गराएर समान्नातर सरकारको अभ्यास गर्नेगरी सरकारले वातावरण बनाएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो,‘छिमेकी देशका विदेश मन्त्रीसँग नेपाल आउँदा विभिन्न खालका सम्झौताहरु भएको भनि मिडियामार्फत सांसदहरुले सुनि रहेका छौं । यो समितिको क्षेत्राधिकार भित्र अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरुको बारेमा पनि छलफल गर्ने अधिकार छ । बिहिबार मात्रै नेपालसँग भारतीय विदेश मन्त्रीसँग जोडेर भएका सम्झौता अर्थात नेपाल र भारतका बीचमा भएका सम्झौताहरुका सन्दर्भमा विभिन्न टिक्काटिप्पणी भइरहेका छन् ।

राष्ट्र हितको विषयमा सम्झौताहरु भएकाले नेपालको संविधान र स्वाभिमान माथि आघात पुग्ने गरी सम्झौताहरु भए भनेर टिप्पणी हुन थालेको छ । मन्त्रीपरिषद्बाट निर्णय गराएर समान्नातर सरकारको अभ्यास गर्ने गरी वर्तमान सरकारले वातावरण बनाएको छ । यतिबेला संसद चलिरहेको छैन । सरकारले गरेका सम्झौताहरु केके हुन् । के सम्झौता भयो जसले गर्दा नेपालको सार्वभौम सत्ता र स्वाधिनतामाथि आघात पुगेको छ । साच्चै नेपाल सरकारबाट राष्ट्र ति विरुद्धका सम्झौता भएका हुन् । यसको बारेमा नेपाल सरकारको तर्फबाट प्रष्ट पारिनुपर्छ । नेपाली जनतालाई सरकारको तर्फबाट प्रष्ट नपारेसम्म जनता गुमराहमा पर्ने अवस्था बनेको छ । भारतसँग भएका केही सम्झौताहरु होलान् ।

देशको अर्थतन्त्र र दूरगामी महत्वका विषयमा हामी स्वागत गर्न चाहन्छौं । तर एउटा विषय हिजो ५ करोडसम्म भारतीय दुतावासले तजविजका आधारबाट आफैँ योजना छनोट गरेर लगानी गर्न सकिने । तर आज नेपाल सरकारले निर्णय गरेर २० करोडसम्मका लागि आफैँ आयोजना छनोट गरेर लगानी गर्न सकिने गरी जे सुविधा मन्त्रीपरिषद्ले निर्णय गरेर सम्झौतामार्फत सार्वजनिक भएको छ ।

यसको यथार्थ कुरा के हो ? यस्तो हो भने समान्नातर सरकारको अभ्यास हुने खतरा हुन्छ की हुँदैन । यसरी नेपाल सरकारबाट भएका सम्झौताको बारेमा समितिमार्फत देश र जनतालाई थाहा दिनको लागि प्रधानमन्त्री समिति बैठकमा उपस्थित गराएर पष्ट पार्न आवश्यक छ ।’