१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता

छिमेकी घट्दै, गाउँको रौनक हराउँदै

छिमेकी घट्दै, गाउँको रौनक हराउँदै
अ अ+ अ-

गलेश्वर । झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन् । चराहरुको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियोपहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ । आँगन र करेसामा बोटैभरि पहेँलै भएर फलेका रसिला सुन्तला, दिउँसोको पाहारिलो घाममा बसेर खाँदै म्याग्दीको बेनी नगरपालिका–३ का ६९ वर्षीय डेकबहादुर पुनले गाउँको रौनक हराउँदै गएको कुरा सुनाउँदा झट्ट पत्याउन सकिँदैन ।

विगत एक दशकयता म्याग्दीमा बसाइँसराइका क्रम बढ्दै गएपछि पुनजस्तै धेरै जीवनको उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिकका छिमेकी घट्दै गएका छन् । म्याग्दीको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधा तथा शिक्षाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँ सर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका हुन् ।

जिल्लाका ग्रामीण क्षेत्रसम्म विकास र पूर्वाधारको पहुँच पुगे पनि शिक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएपछि ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण बन्दै गएका छन्भने जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको छ ।

विसं २०६८ मा एक घर परिवारभित्र ४.०९ जना रहेकामा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजामा ३.६७ मात्र बस्ने गरेको देखिन्छ । ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लाका छवटै स्थानीय तहमा विसं २०६८ को जनगणनाअनुसार जनसङ्ख्या कमी रहेको देखिन्छ । म्याग्दीबाट भारतसहित तेस्रो मुलुकमा विदेशिनेको सङ्ख्या १० हजार सात सय १३ रहेको छ । जसमा पुरुष आठ हजार आठ सय ४३ र महिला एक हजार आठ सय ७० रहेका छन् । २५ हजार तीन सय ७४ घरधुरी, २९ हजार दुई ४२ परिवारको बसोबास छ । ९५.८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३।६७ र जनघनत्व ४७ रहेको जनाइएको छ ।

जिल्लाको कूल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात् विदेशमा अक्सर बसोबास गर्नेहरू ०।४९ प्रतिशत रहेको छ । सुविधाको खोजीमा गाउँका अलि हुनेखानेहरु बसाइँसराइ गरेर सहर केन्द्रित हुन थालेपछि ग्रामीण बस्तीमा बसोबास गर्ने पातलिँदै गएका रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । “घर संरक्षणको अभावमा खाली हुदाँ खेतबारी बाँझोमा परिणत भएको छ । सङ्घीयताले पनि गाउँ फर्किने वातावरण बनाउन सकेन”, उहाँले भन्नुभयो ।

भण्डारीले शिक्षित र आर्थिक रुपमा सम्पन्न मात्रै नभई आर्थिक अवस्था कमजोर भएका परिवारसमेत गाउँबाट विस्थापित हुन थालेकामा चिन्ता व्यक्त गर्नुभयो । सङ्घीय व्यवस्था लागू भएपछि गाउँघरमै सरकारी सुविधासहित शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताले ग्रामीण बसाइँलाई आकर्षित गर्न नसकेको उहाँको भनाइ थियो । “बसाइँ सराइका कारण ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्या कम छ । गाउँमा उत्पादन भएका वस्तु सहरमा बिक्री हुने भएकाले खाद्यान्न र कृषिजन्य वस्तुसमेत बजारबाट आयात गर्नुपर्ने अवस्था छ । युवा विदेशमा छन् । अशक्त वृद्धवृद्धाको सेवा गर्नेहरूको समेत कमी छ”, मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले भन्नुभयो । उहाँले गाउँमै रोजगारीका लागि स्थानीय तहबाट विभिन्न योजना सञ्चालन गरे पनि आम्दानीको हिसाबले सन्तुष्ट हुने अवस्था नभएकाले युवा सहर बजार र विदेश जाने गरेका बताउनुभयो ।

बसाइँसराइका कारण गाउँबस्ती पातलिँदै जान थालेपछि विरानो बन्दै गएको जनप्रतिनिधिको भनाइ छ । म्याग्दीमा २०६८ सालको जनगणनाअनुसार एक लाख १३ हजार छ सय ४१ जनसङ्ख्या रहेकामा २०७८ को प्रारम्भिक नतीजामा एक लाख सात हजार तीन सय ७२ रहेको छ । यहाँका छवटै स्थानीय तहका अधिकांश गाउँमा २०७७ सालमै मोटरबाटो पुगेको छ । धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जाबाहेक जिल्लाका अरू ३९ वडामा मोटरबाटोका साथै बिजुली पनि पुगेको छ ।

खानेपानीका धारा घरघरमा पुगेका छन् । टेलिफोन टावर, विद्यालय, सबै वडामा स्वास्थ्य चौकी बनेका छन् । विकास गाउँमा पुगे पनि गाउँबाट धमाधम बसाइँ सर्नेको सङ्ख्या पनि बढ्दै गएको मालिका–६ का वीरबहादुर सिउथानीले बताउनुभयो । स्थानीय, प्रदेश तथा सङ्घ सरकारले बसाइँसराइ रोक्न विशेष योजना सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । युवालाई गाउँमै स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

जिल्लामा बसाइँसराइलाई कम गर्न कृषि, उद्योग, पर्यटन, पशुपालन, नगदे बाली लगायतलाई प्राथमिकता दिने स्थानीय पालिकाले जनाएका छन् । बसाइँसराइ निरन्तर प्रक्रिया भए पनि पछिल्लो समय वैदेशिक रोजगारी, बढ्दो सहरीकरण, सेवासुविधाको उपलब्धता, अर्थतन्त्रको क्रमिक संरचनात्मक परिवर्तन, सुरक्षालगायत विविध कारणले आन्तरिक बसाइँ सराइको सङ्ख्या बढ्दै गएको छ । रासस