• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो ★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो !

हिन्दु सनातनीको बिरोध गर्न पाउनु ‘धर्मनिरपेक्षता’?



नेपाल इतिहासमा कहिल्यै विदेशीको दास बन्न परेको थिएन।तैपनि दुर्गन्ध भरिएको हावाबाट ‘धर्मच्यूत अधर्मी कथित ईसाईको भाईरस’बाट संक्रमित भएकाहरूहरूले नेपालका सदियौं पुरानो हिन्दु सनातनीको विरोध गरिरहेका छन् ।

८१ प्रतिशत सनातनी हिन्दु सहित ९४% सनातनी भएको नेपाल मौलिक रूपमा हिन्दु राष्ट्र हो, हिन्दु राज्य नभए पनि ।

राष्ट्र र राज्यमा फरक हुन्छ 

नेपालको विश्वमा पहिचान हिन्दुत्व हो । पशुपतिनाथ, जानकी मन्दिर, मुक्तिनाथले नै विश्वमा नेपालीलाई चिनाउँछ । बुद्धलाई हिन्दुले पूजा गर्छन्, एक अवतार भगवान नै मान्छन्, विश्वका बुद्धिष्टका निम्ति लुम्बिनी मक्का हो, हिन्दुका निम्ति पनि उत्तिकै पुजनीय।

नेपाललाई शान्तिका दूत बुद्धको देश भनेर चिनिन्थ्यो, अहिले ‘विद्रुप’ ईसाईकरण आतंक, अशान्तिको देश भनेर चिनिन थालेको छ । बुद्धलाई पनि रूवाईरहेका छन् । सोझा जनजातिहरूका मौलिक आस्था, देउता र धर्महरूलाई पनि धर्मच्यूत पारिँदैछ । आफैले आफ्नो धर्म परम्परा नष्ट पार्दैछन्, पहिचान लोप गर्दैछन्, तर दोष हिन्दुलाई दिइदै छ।

बुद्धका शालिकहरू ढालिएका छन्, कानुनले फौजदारी अपराध मानेको गोरू, गाईलाई खुला चउरमा हत्या गर्दै ‘लाईभ’ प्रशारण गर्दैछन्, हिन्दुको श्रद्धामाथि खुलमखुला आघात गर्दैछन्, ईसाईको बिरोध गर्नेलाई हत्कडी लगाईने कुरा विषयगत मन्त्रीले नै हुंकार गरेर पनि कथित धर्मनिरपेक्ष सरकारमा टास्सिएका छन्। पृथ्वीनारायण शाहको शालिक उखेलिरहेका छन् । यी आततायीहरू सबै एउटै केन्द्रबाट संचालित हुन् ।

नवआतंकवादको सर्पले नेपालमा पुनः फणा उठाउँदै छ। सरकार र राज्य निरिह छ, आततायीहरूको मनोबल बढ्नेगरी नेताहरू वक्तव्यबाजी गरेर नेपालको मौलिकता र पहिचान मास्न उद्दत छन् । नेतालाई लुट्नका लागि मात्र नेपाल चाहिएको प्रमाणित हुँदैछ। लुट्न नपाएको दिन यिनीहरू देश छाडेर भाग्छन् !

यदि यो देशको पहिचान र मौलिक स्रोत, गरिमा, धर्म, अध्यात्मलाई जगेर्ना गर्ने हो भने नेपालीले नयाँ ढंगले सोच्नैपर्छ ।

धार्मिक, आध्यात्मिक पर्यटनको प्रवर्द्धन जरुरी भईसकेको छ । त्यसैले आततायीको हातमा देश छाड्ने कि सभ्यहरूको हातमा, विचार गर्नैपर्ने भएको छ। निर्णय गर्ने बेला छिट्टै आउँदैछ । स्वर्ग समान यो देशमा कुनै पनि आततायीहरूको दादागिरी स्वीकार्य छैन ।

नक्कली धर्मनिरपेक्षका पक्षधर तर भित्रभित्रै विधर्मी नेताहरूले अब नेपालमा धर्मनिरपेक्षता सम्हाल्न नसक्ने देखिँदैछ । धर्म निरपेक्षता भनेको सनातनीलाई खेद्ने हो भन्ने ‘स्कुलिंङ’ हुँदै गरेको देखिन्छ । कुकुरलाई घ्यु पच्दैन भनेको यसैले होला ।

अब सनातनी हिन्दु राज्य बनाउने कि विद्रुप ईसाई राज्य भनेर सोच्न बाध्य पारिँदैछ । ९४% सनातनी र हिन्दु भएको मुलुकमा विद्रुप ईसाईकरण कति टिक्ला त?

अल्प संख्यकको रक्षा बहुसंख्यकले गर्नु लोकतन्त्र हो । तर, लोकतन्त्रमा नगण्य संख्याले बहुसंख्यकलाई जिस्काउनु र शासन गर्न खोज्नु मूर्खता हो ।

भारतको मणिपुर काण्ड यही हो । अल्पसंख्यक ईसाईहरू र बहुसंख्यक हिन्दु समुदाय बीचको धार्मिक द्वन्द। यस काण्डमा सयौँ मरे, ५ हजार आरोपीहरू थुनामा छन् । मणिपुरको घटनाले नेपाललाई झस्काएको छ ।

नेपालका हिन्दु सनातनी विश्वमा सबैभन्दा उदार हुन् तर यसको दुरूपयोग गर्न उद्दत आततायीहरूले देशको पहिचान, परिचय, गरिमा सखाप पार्ने र विघटनमा लाने सोचले नियोजित काम गरिरहेका छन् ।

भोटका लागि नेताहरू, दलहरू, सांसदहरू, मिशनरी मिडियाहरु सबै यही विघटनको आगोमा घ्यु हाल्दै गएका देखिन्छन् । यदि नेपालमा धार्मिक पुनर्जागरण भएन भने पूरै परनिर्भरको हालतमा पुगिसकेको यो देश नरहला भन्न सकिन्न, किनकी आफैंमा अति परनिर्भर र कमजोर बनेका केही ‘प्रयोजित नेपाली’हरूले तिब्र सनातनी पुनर्जागरण हुदै गरेको छिमेकी मुलुक र त्यहाँका जनतालाई जिस्काउँदै ललकारिरहेका देखिन्छन् । यो आत्मघात हो, राष्ट्रघात हो, नियोजित हो !

सरकार र राज्य चुप लागिरह्यो भने जनता अघि बढ्छन् र यसले राज्य व्यवस्थालाई फेरि अर्को नराम्रो धक्का दिनसक्छ । देश बनाउने, विधियुक्त समाजमा शान्ति सद्भाव कायम राख्ने, देशको अस्तित्व जोगाउँदै चीरकाल पर्यन्त रहनुछ भने खेँलाची नगरौँ । नेताहरूको हातबाट लगाम नफुस्कियोस् । त्यसै पनि राजनीति र नेताहरूको व्यवहार घोर भ्रष्टमैत्री र आततायीमैत्री छ भन्ने आरोप व्याप्त छ।

धर्मो रक्षति रक्षितः।

लेखक नेपाल सरकारको पूर्व सचिव एवं अहिलेका सर्वाधिक क्रियाशील सामाजिक अभियन्ता हुन् ।)