१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

हिन्दु सनातनीको बिरोध गर्न पाउनु ‘धर्मनिरपेक्षता’?

हिन्दु सनातनीको बिरोध गर्न पाउनु ‘धर्मनिरपेक्षता’?
अ अ+ अ-

नेपाल इतिहासमा कहिल्यै विदेशीको दास बन्न परेको थिएन।तैपनि दुर्गन्ध भरिएको हावाबाट ‘धर्मच्यूत अधर्मी कथित ईसाईको भाईरस’बाट संक्रमित भएकाहरूहरूले नेपालका सदियौं पुरानो हिन्दु सनातनीको विरोध गरिरहेका छन् ।

८१ प्रतिशत सनातनी हिन्दु सहित ९४% सनातनी भएको नेपाल मौलिक रूपमा हिन्दु राष्ट्र हो, हिन्दु राज्य नभए पनि ।

राष्ट्र र राज्यमा फरक हुन्छ 

नेपालको विश्वमा पहिचान हिन्दुत्व हो । पशुपतिनाथ, जानकी मन्दिर, मुक्तिनाथले नै विश्वमा नेपालीलाई चिनाउँछ । बुद्धलाई हिन्दुले पूजा गर्छन्, एक अवतार भगवान नै मान्छन्, विश्वका बुद्धिष्टका निम्ति लुम्बिनी मक्का हो, हिन्दुका निम्ति पनि उत्तिकै पुजनीय।

नेपाललाई शान्तिका दूत बुद्धको देश भनेर चिनिन्थ्यो, अहिले ‘विद्रुप’ ईसाईकरण आतंक, अशान्तिको देश भनेर चिनिन थालेको छ । बुद्धलाई पनि रूवाईरहेका छन् । सोझा जनजातिहरूका मौलिक आस्था, देउता र धर्महरूलाई पनि धर्मच्यूत पारिँदैछ । आफैले आफ्नो धर्म परम्परा नष्ट पार्दैछन्, पहिचान लोप गर्दैछन्, तर दोष हिन्दुलाई दिइदै छ।

बुद्धका शालिकहरू ढालिएका छन्, कानुनले फौजदारी अपराध मानेको गोरू, गाईलाई खुला चउरमा हत्या गर्दै ‘लाईभ’ प्रशारण गर्दैछन्, हिन्दुको श्रद्धामाथि खुलमखुला आघात गर्दैछन्, ईसाईको बिरोध गर्नेलाई हत्कडी लगाईने कुरा विषयगत मन्त्रीले नै हुंकार गरेर पनि कथित धर्मनिरपेक्ष सरकारमा टास्सिएका छन्। पृथ्वीनारायण शाहको शालिक उखेलिरहेका छन् । यी आततायीहरू सबै एउटै केन्द्रबाट संचालित हुन् ।

नवआतंकवादको सर्पले नेपालमा पुनः फणा उठाउँदै छ। सरकार र राज्य निरिह छ, आततायीहरूको मनोबल बढ्नेगरी नेताहरू वक्तव्यबाजी गरेर नेपालको मौलिकता र पहिचान मास्न उद्दत छन् । नेतालाई लुट्नका लागि मात्र नेपाल चाहिएको प्रमाणित हुँदैछ। लुट्न नपाएको दिन यिनीहरू देश छाडेर भाग्छन् !

यदि यो देशको पहिचान र मौलिक स्रोत, गरिमा, धर्म, अध्यात्मलाई जगेर्ना गर्ने हो भने नेपालीले नयाँ ढंगले सोच्नैपर्छ ।

धार्मिक, आध्यात्मिक पर्यटनको प्रवर्द्धन जरुरी भईसकेको छ । त्यसैले आततायीको हातमा देश छाड्ने कि सभ्यहरूको हातमा, विचार गर्नैपर्ने भएको छ। निर्णय गर्ने बेला छिट्टै आउँदैछ । स्वर्ग समान यो देशमा कुनै पनि आततायीहरूको दादागिरी स्वीकार्य छैन ।

नक्कली धर्मनिरपेक्षका पक्षधर तर भित्रभित्रै विधर्मी नेताहरूले अब नेपालमा धर्मनिरपेक्षता सम्हाल्न नसक्ने देखिँदैछ । धर्म निरपेक्षता भनेको सनातनीलाई खेद्ने हो भन्ने ‘स्कुलिंङ’ हुँदै गरेको देखिन्छ । कुकुरलाई घ्यु पच्दैन भनेको यसैले होला ।

अब सनातनी हिन्दु राज्य बनाउने कि विद्रुप ईसाई राज्य भनेर सोच्न बाध्य पारिँदैछ । ९४% सनातनी र हिन्दु भएको मुलुकमा विद्रुप ईसाईकरण कति टिक्ला त?

अल्प संख्यकको रक्षा बहुसंख्यकले गर्नु लोकतन्त्र हो । तर, लोकतन्त्रमा नगण्य संख्याले बहुसंख्यकलाई जिस्काउनु र शासन गर्न खोज्नु मूर्खता हो ।

भारतको मणिपुर काण्ड यही हो । अल्पसंख्यक ईसाईहरू र बहुसंख्यक हिन्दु समुदाय बीचको धार्मिक द्वन्द। यस काण्डमा सयौँ मरे, ५ हजार आरोपीहरू थुनामा छन् । मणिपुरको घटनाले नेपाललाई झस्काएको छ ।

नेपालका हिन्दु सनातनी विश्वमा सबैभन्दा उदार हुन् तर यसको दुरूपयोग गर्न उद्दत आततायीहरूले देशको पहिचान, परिचय, गरिमा सखाप पार्ने र विघटनमा लाने सोचले नियोजित काम गरिरहेका छन् ।

भोटका लागि नेताहरू, दलहरू, सांसदहरू, मिशनरी मिडियाहरु सबै यही विघटनको आगोमा घ्यु हाल्दै गएका देखिन्छन् । यदि नेपालमा धार्मिक पुनर्जागरण भएन भने पूरै परनिर्भरको हालतमा पुगिसकेको यो देश नरहला भन्न सकिन्न, किनकी आफैंमा अति परनिर्भर र कमजोर बनेका केही ‘प्रयोजित नेपाली’हरूले तिब्र सनातनी पुनर्जागरण हुदै गरेको छिमेकी मुलुक र त्यहाँका जनतालाई जिस्काउँदै ललकारिरहेका देखिन्छन् । यो आत्मघात हो, राष्ट्रघात हो, नियोजित हो !

सरकार र राज्य चुप लागिरह्यो भने जनता अघि बढ्छन् र यसले राज्य व्यवस्थालाई फेरि अर्को नराम्रो धक्का दिनसक्छ । देश बनाउने, विधियुक्त समाजमा शान्ति सद्भाव कायम राख्ने, देशको अस्तित्व जोगाउँदै चीरकाल पर्यन्त रहनुछ भने खेँलाची नगरौँ । नेताहरूको हातबाट लगाम नफुस्कियोस् । त्यसै पनि राजनीति र नेताहरूको व्यवहार घोर भ्रष्टमैत्री र आततायीमैत्री छ भन्ने आरोप व्याप्त छ।

धर्मो रक्षति रक्षितः।

लेखक नेपाल सरकारको पूर्व सचिव एवं अहिलेका सर्वाधिक क्रियाशील सामाजिक अभियन्ता हुन् ।)