• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo

भारतीय विदेशमन्त्री र परराष्ट्रमन्त्री साउदद्वारा संयुक्त रूपमा त्रिवि पुस्तकालयको उद्घाटन



कीर्तिपुर । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री एस जयशङ्करले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको नव निर्मित भवनको उद्घाटन गर्नुभएको छ ।

जयश‌कर र परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त रूपमा पुस्तकालय उद्घाटन गर्नुभएको हो । उहाँले आजै भूकम्पपछिको पुनर्निर्माण परियोजनाको पनि उद्घाटन गर्नुहुनेछ ।

भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन् । तीन तल्ला नयाँ भवनमा अपाङ्गमैत्री तथा लिफ्टलगायतका सुविधा समेत रहेको छ।

नयाँ भवन पाएसँगै पुस्तकालयमा किताब जारी गर्न र फिर्ता भएको पुस्तकको अभिलेख राख्ने विशेष प्रणाली आरएफ आइडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन सिस्टम)समेत जडान गरिने  त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक  सागरराज सुवेदीले बताए ।