२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

चर्किएको घर

चर्किएको घर
अ अ+ अ-

ऊ जाग्दा घाम निकै माथि आइसकेको थियो । उसले वार्दलीबाट सुदूर पूर्वको आकाश हे¥यो । वैशाख महिनाको आकाश धुम्म थियो । सबैतिर सन्नाटा फैलिएको थियो । ‘वसन्तको बिहान पनि कस्तो उदेक लाग्दो !’ उसले मनमनै सोच्दै चुरोट सल्कायो । चुरोटको धुवाँ गोलो आकारमा लहरिदै आकासियो ।

उसले धुवाँको पर्दाले छेलिएको क्षितिज हे¥यो । हेर्दा हेर्दै हिजो मात्र बिताएका रमाइला क्षणको सम्झना आयो उसलाई । ती क्षण सम्झिदा पनि भित्रभित्रै काउकुति लागेर आयो । तिन दिन पहिले अफिसको काम छ भनेर बाहिरिएको थियो ऊ । अफिसको काम त बहाना थियो । ऊ यसरी नै गर्लफ्रेन्ड च्यापेर रिसोर्टतिर लाग्थ्यो र मस्तरामको जिन्दगी बिताउँथ्यो ।

ऊ घर आउँदा स्वास्नीले मुस्कुराउँदै स्वागत गरेकी थिई । खुट्टा भाँचिएर थला परेकी भए पनि हर्षित हुँदै बैशाखीको सहाराले उठी । सकिनसकी कान्छीसँगै मिलेर खाना बनाई । श्रीमानलाई ख्वाई । आफूले खाई । लोग्नेको आगमनमा ऊ चञ्चल र रोमाञ्चित भएकी थिई । तर लोग्नेको अवस्था भने त्यस्तो थिएन । स्वास्नीलाई देख्दै निराश भएको थियो ऊ । उसको नागरिकताको नाम कृष्णहरि थियो । स्वास्नीले भने मायाले कृस भनेर संवोधन गर्थी उसलाई । मोटो र थुलथुले शरीर त्यसमा पनि भाँचिएको खुट्टा । कृष्णहरिले आफ्नी प्रेमिकासँग स्वास्नीलाई दाँज्यो र नाक खुम्चायो । ऊ मोटी मात्र हैन कृष्णहरिभन्दा अग्ली र उमेरले जेठी पनि थिई । ऊ मोटी र जेठी भए पनि नराम्री भन्न मिल्ने खालकी भने थिइन । तर कृष्णहरिलाई लाग्थ्यो ‘काँ परीजस्ती गर्लफ्रेन्ड काँ यो ढेब्बरे ?’

कृष्णहरिले सुत्नेबेलामा भनेको थियो– ‘यो संसारमा तिमीजत्तिको प्यारो वस्तु अरू केही छैन प्रिय !’ उसले यसो भन्दा स्वास्नी मुस्कुराएकी थिई । स्वास्नी केही बेर नबोली बसी । उसले फेरि पनि यस्तै कुरा गरेपछि भने उसले लोग्नेको अनुहारमा हेर्दै भनेकी थिई– ‘भो भो चेपारे घस्नु पर्दैन । लोग्ने मान्छेको के भरोषा ?’ हुन त उसले स्वास्नीलाई यसैगरी फुर्काउँथ्यो सधैँ । यसैगरी चेपारे घस्थ्यो र प्रेमिकासँग मस्ती माथ्र्यो । तर यसपल्ट भने अलि बढी नै माया गरेको स्वाङ गर्दै थियो ।

साँझ खाना खाएर सुत्दा अलि अबेर भएको थियो । बिहान ब्युझँदा स्वास्नी अर्कोतिर फर्किएर सुतेकी थिई । सधैँ यतिखेर उठिसक्थी । कान्छीलाई चिया बनाउन लगाउँथी र लोग्नेसँगै नारिएर चिया सुर्काउँथी । मिठा मिठा कुरा गर्थी र रमाउँथी । तर आज ऊ उठिन । उठाउँदा पनि उठिन । बरु अझै कुनातिर ढेपिएर सुती । उसले मनमनै सोच्यो– ‘सुत्दा त ठिकै थिई । के भएछ यो ढेब्बरीलाई ?’

बिबाह गर्दा नै ऊ यस्तै मोटी र अग्ली थिई । उतिखेर यही आइमाई कृष्णहरिलाई परीजस्तै सुन्दर लागेकी थिई । अझ सहरको सम्पन्न बाउकी एक्ली सन्तान । यो रहस्य थाहा पाएपछि त ऊ पागलजस्तै उसको पछि लागेको थियो । भगवानलाई जस्तै दिनरात उसकै पूजा गर्न थालेको थियो । नभन्दै उसको पूजाबाट भगवान खुसी भए । स्वास्नीमात्र हैन अकूत दाइजो पनि हात पार्न सफल भयो ऊ । तर समयक्रममा आज त्यही आइमाई उसलाई ढेब्बरी लाग्न थालेकी थिई ।
शनिवारको दिन ब्रेकफास्ट अलि ढिलै हुन्थ्यो । स्वास्नीका कारण आज झनै ढिला भएको थियो । पहिले त ऊ सञ्चो छैन भन्दै उठ्न मानिन । तर कान्छीले कर गरेपछि ऊ विस्तारै उठी र बैशाखीको सहाराले आरामगृह छिरी । उसका आँखाका डिल सुन्निएका थिए । रातभर रोएको जस्तो अनुहार फुङ्ग उडेको थियो । आँखा राता र निन्याउरा थिए । निराश अनुहारमा उदासी छाएको थियो । नास्तामा जुस र कफी बाहेक केही लिइन उसले । कृष्णहरिले नास्ता खाएपछि पत्रिका पढ्न थाल्यो । बिचबिचमा उसलाई पनि पढ्दै थियो । ‘कतै मेरो राम कहानी त थाहा पाइन यसले ?’ उसलाई शङ्काले गाँज्दै थियो । मनमा अनेक तर्कना आए । अन्तिममा ‘हिजो साँझसम्म थाहा नपाएकीले कसरी नै थाहा पाईहोली र ?’ भन्ने सोचेर ढुक्क भयो ऊ ।

खाना तयार गर्दै थिई कान्छीले । भान्सामा पाकेको मिष्ठान्नको वासना बेडरूमसम्म आउँदै थियो । ऊ घरी घरी भान्सामा जान्थ्यो । सहयोग गर्ने निहुँ पार्दै कान्छीको भर्खरै फक्रिदै गरेको जवानीलाई अङ्गालोमा कस्थ्यो र फेरि कोठामा आउँथ्यो । स्वास्नी ठुस्सिएर बसेकी थिई । ऊ बोलेकी थिइन । कृष्णहरि ऊसँगै बसेर उसको घुङ्ग्रिएको कपाल खेलाउँदै भन्यो– ‘किन, के भयो मेरो प्रियालाई ? भन न मेरो रानी ! सञ्चो भएन कि ?’ ऊ बोलिन । उसले केही बेर यस्तै अर्थ न बर्थका एकतर्फी संवाद ग¥यो । सुन्तलाका केसराजस्ता ओठमा म्वाइँ खायो र फेरि भन्यो– ‘तिमी नबोल्दा मलाई संसारै नरमाइलो लाग्छ प्रिय । बोलन ।’
अब भने त्यो आइमाइले आफ्नो टाउको कृष्णहरितिर फर्काई र सिंहिनीले झैँ हेर्दै भनी– ‘यो संसारमा मजत्तिको प्यारो वस्तु अरू छैन, हैन ? तिमीले भन्न खोजेको यही हैन ?’

‘बाफ रे कस्ता डरलाग्दा आँखाले हेरेकी । निश्चय पनि मेरो कृष्णलीला थाहा पाई यसले ।’ कृष्णहरिले मनमनै सोच्यो । ऊ एक पटक भित्रैदेखि काँप्यो । स्वास्नीको डरलाग्दो हेराइले ऊ यति कमजोर र त्रसित भयो कि पहिले त बोल्नै सकेन । केही समय यसरी नै बित्यो । अन्तिममा उसले डराउँदै विस्तारै भन्यो– ‘हो प्रिय…..।’

वाक्य टुङ्ग्याउन नपाउँदै ऊ हुत्तिएर पर पुग्यो । ‘भूकम्प !’ कान्छी चिच्याउँदै भ¥याङतिर भागी । कृष्णहरि पनि कान्छीलाई पछ्याउँदै एकै झट्कामा बाहिर निस्कियो । अपाङ्ग स्वास्नीले ऊ भाग्दै गर्दा चिच्याएर सहयोगको याचना गरी । तर उसको आवाज न लोग्नेले सुन्यो न कान्छीले । केही सेकेन्डमै घरका छाना खस्न लागे । हेर्दा हेर्दै उसको घर माटोढुङ्गाको ढेरमा परिणत भयो ।

‘दिदी ! खै दिदी ?’ कान्छी चिच्याई । उसको त्रासदीपूर्ण आवाजले बल्ल उसलाई आफ्नी स्वास्नीको सम्झना भयो । ऊ यतिञ्जेल घरको खण्डहरमा पुरिइसकेकी थिई ।

सबैतिर हाँहाकार मच्चियो । एकैछिनमा ऊ बस्ने टोल खण्डहर बनेको थियो । मान्छेहरू रुँदै र चिच्याउँदै थिए । कसैले राम नाम जप्दै थिए भने कोही आफन्तलाई खोज्दै थिए । भाग्न सक्ने भागे नसक्ने भित्रै पुरिए । भग्नावशेषमा पुरिएकालाई टोलका युवाहरूले निकाल्दैै थिए । कान्छी चिच्याउँदै भत्किएको घरतिर दगुरी । ऊ बारम्बार दिदी भन्दै चिच्याउँदै थिई । तर घर यसरी भत्किएको थियो कि दिदी लापत्ता थिई । कान्छी सँगसँगै कृष्णहरि पनि आयो र भत्किएको घरलाई नियाल्न लाग्यो । केही समय पहिलेका स्वास्नीका डरलाग्दा आँखा सम्झियो । दस वर्ष पहिलेको प्रेम कहानी सम्झियो । कम्ता माया गर्दिनथी उसले कृष्णहरिलाई । ऊ पश्चिम पहाडको मध्यमवर्गीय परिवारको छोरो । न धन थियो न काठमाडौंमा अडिने ठाम । तर पढ्दा पढ्दै ऊ धनी बाउकी एक्ली छोरीसँग नजिकियो । सम्बन्ध विस्तारै मायामा फेरियो । हेर्दा हेर्दै ऊ काठमाडौंको बासिन्दा बन्यो ।

‘नरो, रोएर आउने हैन क्यारे !’ उसले कान्छीलाई भन्यो र फेरि भग्नावशेषमा हेर्न लाग्यो । स्वास्नीलाई निकाल्न सक्ने सँभावना कतै थिएन । केही समयमै माइती आए । आफन्त र छिमेकी आए । सबै रोए, चिच्याए । कसैले ढुङ्गा पन्छाए कसैले माटो । तर त्यो घरैघरले थिचिएको खण्डहरबाट बिचरीलाई निकाल्न सक्ने कसको औकात ! कृष्णहरि भग्नावशेषमा टुक्रुक्क बसेर ताजा स्मृतिमा हराउँदै थियो । एक मिनेटको धक्काले ऊ फेरि एक्लो र असहाय बनेको थियो । विगत सम्झिदा उसका आँखा रसाए । ऊ भग्नावशेषमा घोप्टिएर क्वाँ क्वाँ रोयो । त्यही ढेब्बरीले उसलाई राजधानीको बासिन्दा बनाएकी थिई । उसैको प्रयत्नले ऊ नाम चलेको बैंकको अफिसर भएको थियो । उसैको दाइजोमा श्यालको रजाइँ गरेको थियो । र, ब्याचलर पढ्दै गरेकी चनमतेलाई गर्लफ्रेन्ड बनाएको थियो ।
उसलाई ससुराली, साथीभाइ र छिमेकीले सान्त्वना दिए । छोरीलाई भग्नावशेषमै छोडेर ज्वाइँनारानलाई साँझ घरमा लगेर राखे । तेस्रो दिन बल्ल उद्धार टोली आयो र भग्नावशेष पन्छाउन लाग्यो । यी तिन दिन कृष्णहरिका लागि तिन वर्षजस्तै भए । बिच बिचमा प्रेमिका आउँथी र नआत्तिन भन्थी । ‘किन निराश हुनु भएको ? म छु नि ।’ उसले ढाडस दिंदै भनेकी थिई । हुन पनि भूकम्प आएर राम्रै भएको थियो उसलाई ।

घर भत्किए पनि जग्गा र बैंक व्यालेन्स छँदै थियो । ससुरालीले दिएको महाराजगञ्जको घडेरी सुनजस्तै बहुमूल्य थियो । त्यही घडेरी बेचे पनि भव्य महल ठड्याउन सकिन्थ्यो । प्रेमिकाको मोडलको जस्तो सलक्क परेको शरीर र सम्पत्ति सम्झिँदा उसको मन बौरिएर आयो । उसले भूकम्प गएको अर्को दिनबाटै नयाँ सपना देख्न थाल्यो । उसले भत्किएको घरलाई पुनर्निमाण गर्ने छ । गर्लफ्रेन्डलाई भित्र्याउने छ । आखिर एक दिन स्वास्नीसँग डिभोर्स त गर्नै पथ्र्यो । उसले यस्तै सोच्दै थियो । अकस्मात आएको हल्लाले उसको तन्द्रा भङ्ग भयो । छिमेकी, आफन्त र उद्धारकर्ताहरू ‘भित्रबाट आवाज आयो, मान्छे जिउँदै छ’ भन्दै चिच्याउँदै थिए ।

हेर्दा हेर्दै छरछिमेकी र आफन्तहरूको भीड लाग्यो । नभन्दै पाँच घन्टाको प्रयत्नपछि भग्नावशेषबाट उसकी स्वास्नीको जिउँदै उद्धार भयो । यो देखेर सबै खुसीले पागलजस्तै चिच्याए ।

कृष्णहरिकी प्रेमिका भने अमिलो मुख लगाउँदै बाहिरिई ।

कृष्णहरिकी स्वास्नीलाई अस्पत्ताल भर्णा गरियो । ऊ केही दिनमै पूर्ववत् अवस्थामा आई । उसलाई खासै ठूलो चोट लागेको थिएन । भूकम्पले हुत्याउँदा ऊ भ¥याङतिर लडेकी थिई । तिन दिनसम्मको भोक र प्यासले असमान्य अवस्थामा पुगे पनि ऊ बाँची । धेरैले भगवानको लीला भने । कसैले लोग्नेको मायाले उ बाँच्न सकी भने । तर धेरैजसोले बाउआमाको आँसु पुछ्न ऊ बाँचेकी हो भने ।

उसलाई पाँच दिनको उपचारपछि डिस्चार्च गरिदै थियो । अस्पत्तालमा आफन्तको भीड लागेको थियो । अचम्म त यो बिचमा ऊ लोग्नेसँग एकपटक पनि बोलेकी थिइन । ऊ सबैजसो समय टोलाएर बस्थी । ‘यस्तो भवितव्यमा पनि लोग्नेसँग किन नबोलेकी होली ?’ आफन्तका बिचमा खासखुस नचलेको होइन । तर यसको रहस्य ऊ बाहेक कसैलाई पनि थाहा थिएन ।

घर जाने दिन भने ऊ प्रफुल्ल देखिई । ‘सायद आफू जन्मे हुर्केको घरमा जान पाउँदा उसमा खुसी फर्किएको होला ।’ सबैले उसको उज्यालो मुख देख्दा यस्तै सोचे । गाडी चढेपछि उसले आफ्नो लोग्नेलाई नजिक डाकी । के हुँदैछ भनेर सबैजना झिरिप्प जम्मा भए । उसले एक पटक सबैजनालाई हेरी र गम्भीर हुँदै लोग्नेलाई भनी– ‘ल बाई ! कृष्णहरिजी ! म त बाबाको घर जाने भएँ । तपाई पनि आफ्नो घर जानु होला ।’

‘आफ्नो घर जानु होला रे !’ कृष्णहरिले स्वास्नीको भनाइ नबुझेर उही वाक्य दोहो¥यायो । अरूहरू पनि उसको भनाइको तात्पर्य बुझ्न नसकेर हैरान भए । ऊ वाल्ल परेर हेरेको हे¥यै भयो । केही समयको मौनतालाई तोड्दै उसकी स्वास्नीले फेरि भनी– ‘म मान्छेसँग मात्र प्रेम गर्छु कृष्णहरिजी ।’
‘अनि ! के म अब मान्छे पनि रहिन ?’
‘तपाईभित्र मान्छे होइन सैतानले बास गरेको रहेछ कृष्णहरिजी । जसले मलाई होइन अरू कसैलाई प्रेम गर्छ ।’
‘अरू कसैलाई प्रेम गर्छ !’ कृष्णहरि रातोपिरो हुँदै भकभकायो ।
‘हो कृष्णहरिजी ! भूकम्पको रातको च्याट हेर्नुहोला । तपाईंको मोवाइलमा त्यो संवाद अझै पनि सुरक्षित हुनुपर्छ । अनि तिन दिन रिसोर्टमा बिताउँदाका तस्विर पनि अझै सुरक्षित होलान् ।’
‘भूकम्पको रात म तिमीसँगको विछोडले अर्धचेत थिएँ । कोसँग गरेको संवाद हेरूँ मैले ।’
मेरो जीवनमा भूकम्प ११ गते राती ११ बजेर ५६ मिनट जाँदा आएको थियो कृृष्णहरिजी ।’
‘११ गते ? तिमी होसमा त छौ ?’
‘म पूर्ण होसमा छु । मेरो जीवनमा महा–भूकम्प १२ गते दिनको ११ बजेर ५६ मिनेट जाँदा गएको थिएन । त्योभन्दा ठिक १२ घन्टा अघि गएको थियो । जतिखेर म तपाईंकी गर्लफ्रेन्डसँग च्याटमा थिएँ ।’‘च्याटमा थिएँ ।’ ‘हो कृष्णहरिजी ! तपाईंको सेलफोनमा फेसबुक लग इन थियो । मलाई थाहा थिएन मान्छे यतिविघ्न नीच र बेइमान पनि हुनसक्छ भन्ने कुरो । उसले तपाईंलाई म्यासेज पठाएकी थिई । तर त्यसको रिपलाई मैले गरेँ र सारा रहस्य पत्ता लगाएँ । त्यो संवादले मेरो जीवनमा १० रेक्टरको भूकम्प गएको थियो ।’ ऊ यसरी बोल्दै गर्दा केहीबेर शान्त भई । लामो निश्वास छोडी र फेरि कृष्णहरिको अनुहारमा हेर्दै भनी– ‘भूकम्पले भत्किएको भन्दा चर्किएको घर बढी खतरनाक हुन्छ । चर्किएको घर आखिर छोड्नै पर्छ । हैन र कृष्णहरिजी ?’

‘यो संसारमा तिमीजत्तिको प्यारो वस्तु अरू छैन प्रिय ! तिमीसँग संवाद गर्ने महिला तिम्रो दुश्मन पनि त हुन सक्छ ।’

‘हो, तपाईंले ठिक भन्नु भयो । त्यो मध्यरात मसँग संवाद गर्ने महिला मेरो दुश्मन हो भन्नेमा म पूर्ण सहमत छु । सौताभन्दा ठूलो दुश्मन महिलाका लागि अरू को नै हुन सक्छ र !’ उसले केही बेर निवर्तमान हुँदै गरेको लोग्नेको अनुहारमा घृणापूर्वक हेरी र फेरि भनी– ‘भूकम्पले चर्किएको घर र सौता उस्तै उस्तै हुन् कृष्णहरिजी ।’

 

Attachments area