• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई

नश्ल सुधारका लागि मनाङमा याक वितरण



मनाङ: नश्ल सुधारका लागि हिमाली जिल्ला मनाङका किसानलाई ब्याड याक वितरण गरिएको छ । गण्डकी प्रदेशले सोलुखुम्बुको स्याङबोचेस्थित याक आनुवंशिक स्रोत केन्द्रबाट ल्याएर याक वितरण गरेको हो ।

वंशाणुगतरुपमा हाडनाताबाट उत्पादित याकचौँरीमा हुने समस्याको समाधान गर्न प्रदेश सरकारले ब्याड प्रयोजन गर्ने उद्देश्यले याक वितरण गरिएको पशुपन्छी तथा मत्स्यविकास निर्देशनालयका महानिर्देशक डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शुद्ध नश्लका याक प्रदेश सरकारले खरिद गरी किसानलाई वितरण गरेको हो । उहाँले भन्नुभयो, “हाडनाताबाट जन्मने याकचौँरीमा धेरै समस्या उत्पन्न हुनसक्ने र याकचौँरीको नश्ल सुधारमा मद्दत पुर्‍याउने लक्ष्यका साथ केन्द्रबाट याक ल्याएर वितरण गरिएको हो ।”

प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले लोपोन्मुख याकचौँरीको शुद्ध नश्ललाई प्रवद्र्धन गर्ने उद्देश्यले यहाँका किसानलाई ब्याड याक वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाडनाताबाट याकचौँरीको नश्ल खस्किँदै जाने पशु विज्ञका सुझावअनुसार नश्ल कायम राख्न ब्याड याक वितरण गरिएको हो ।”

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले याक आनुवांशिक स्रोत केन्द्र स्याङबोचे ल्याइएका याक किसानलाई वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “याकचौँरी संरक्षण संस्था मनाङको समन्वयमा किसानलाई याक वितरण गरिएको छ । यसले नश्ल सुधारमा सहयोग पुग्नेछ ।” उहाँका अनुसार जिल्लाका किसानलाई वितरण गर्नका लागि नौ याक ल्याइएको हो ।

याकचौँरी संरक्षण संस्था मनाङका अध्यक्ष सुरेश थकालीले सामूहिक याकचौँरीपालक किसानलाई प्राथमिकता दिएर याक वितरण गरिएको जानकारी दिनुभयो । उहाँले ब्याड याक घुम्तीरुपमा प्रयोग गर्ने गरी वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चार पालिकालाई दुई वटाका दरले याक वितरण गरिएको छ । यसलाई घुम्ती तवरबाट उपयोग गर्ने गरी ब्याड याक वितरण गरिएको हो ।” नश्ल सुधारका लागि ल्याइएका याकलाई काटमार गर्न नपाइने, अन्य प्रयोजनका लागि उपयोग गर्न नपाइने सम्झौता गरी वितरण गरिएको अध्यक्ष थकालीले जानकारी दिनुभयो ।

चार पालिकालाई वितरण गरी बाँकी रहेको एउटा याक भने संस्थामार्फत जिल्लाका अन्य ठाउँका लागि घुम्तीरुपमा उपयोग गर्न राखिएको उहाँले बताउनुभयो । प्रदेशले स्याङबोचे केन्द्रबाट १९ याक ल्याएकामा मनाङमा नौ र मुस्ताङ १० वटा वितरण गरेको हो ।रासस