२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानले नेपाली क्रिकेटको ‘ए’ टीम बनाउने



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक ‘ए’टीम घोषणा गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै क्यानका सचिव पारस खड्काले सो बारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री कपलगत्तै ‘ए’ टीमको घोषणा गरिने उनले बताए । राष्ट्रिय टीमको ब्याक टु ब्याक धेरै म्याच भएकाले ‘ए’ टीम एकदमै जरुरी रहेको उनको भनाई छ ।

यस्तै, क्यानले नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितालाई समावेश गरेर क्यालेण्डर वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । जसअनुसार माघको अन्तिम साता नेपालले क्यानडासँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने छ । तीन खेलको उक्त सिरिज नेपालमा हुनेछ ।

क्यानडासँगको एक दिवसीय क्रिकेट लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय टी-२० शृंखला आयोजना गर्ने छ । त्यस्तै, सचिव खड्काले मंसिरमा नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट आयोजना गर्ने बताएका छन् ।