२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्षिकोत्सवमा जाजरकोट भूकम्प पीडित माझ उज्यालो छर्दै सुबिसु



अ+ अ-

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको टोली आफ्नो २३ औं वार्षिकोत्सव मनाउन भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ । गत १७ कात्तिकमा गएको ६.४ म्याग्निच्युटको विनाशकारी भूकम्पबाट प्रभावित विद्यार्थीहरूको अध्ययनमा सहयोग पुग्ने गरी २०० परिवारलाई ब्याकअप सहितका सोलार बत्ती वितरण गर्दै कम्पनीले पृथक् ढङ्गले वार्षिकोत्सव मनाएको हो ।

भूकम्प पश्चात पीडितहरूले भोग्नु परेको विशेष समस्यालाई सम्बोधन गर्नेगरी ती सोलार बत्ती डिजाइन गरिएको कम्पनीले जनाएको छ ।  वितरण गरिएका सोला बत्तीले रातको समयमा अध्ययन गर्न अति आवश्यक उज्यालो दिने मात्रै नभएर मोबाइल फोन र अन्य विद्युतीय उपकरण समेत चार्ज गर्न सकिनेछ ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउद सहित सुबिसुको आठ सदस्यीय टोली राहत स्वरूप अत्यावश्यक सामग्री वितरण गर्न जाजरकोट पुगेको थियो । जाजरकोटको नलगाड स्थित स्थानीय इन्द्रधनुष प्राथमिक विद्यालयमा सुबिसुले उक्त राहत वितरण कार्यक्रम आयोजना गरेको थियो ।

“जाजरकोटको पुग्ने कुरा केवल भौगोलिक यात्राको विषय मात्र थिएन, प्रतिकूल परिस्थितिको सामना गरिरहेका भूकम्प पीडितहरूको जीवनमा अर्थपूर्ण प्रभाव पार्ने एउटा प्रतिबद्धता समेत थियो,” सुबिसुले भनेको छ ।

“हामीले विद्यार्थीलाई आइपरेको चुनौती सामना गरी आफ्नो उज्यालो भविष्य निर्माण गर्ने कार्यमा सशक्तीकरण गर्ने उद्देश्यका साथ रातको समयमा पढ्न आवश्यक माध्यम (सोलार बत्ती) उपलब्ध गराएका हौं । ”

व्यावसायिक उत्तरदायित्वलाई व्यावसायिक हिसाबकिताब भन्दा पर हुने भन्दै सुबिसुले २३ औं वार्षिकोत्सव मनाउने कुरा जाजरकोटका जनताको अदम्य भावनाको सम्मान भएको उल्लेख गरेको छ ।