९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध

इरानमा दुई बिस्फोटमा परी ९५ जनाको ज्यान गयो, बिहीवार राष्ट्रिय शोक

इरानमा दुई बिस्फोटमा परी ९५ जनाको ज्यान गयो, बिहीवार राष्ट्रिय शोक
अ अ+ अ-

एजेन्सी । इरानका मारिएका जनरल कासिम सुलेमानीको अन्त्येष्टि स्थल नजिकै बुधवार भएका दुई विष्फोटमा कम्तिमा ९५ जनाको मृत्यु हुनुका साथै २१० भन्दा बढी घाइते भएको इरानले बताएको छ ।

अमेरिकी ड्रोन हमलामा सुलेमानीको मृत्यु भएको चौथो वर्षगाँठ मनाउन इरानको दक्षिणपूर्वी शहर केरमानमा रहेको चिहानमा धेरै मानिसहरू भेला भएका बेला बिस्फोट भएको हो ।

पहिलो बिस्फोट सुलेमानीको चिहानबाट करिव ७०० मिटर र दोस्रो एक किलोमिटर टाढा थियो । राजनीतिक र सुरक्षा मामिलाका लागि केरमान प्रान्तका डेपुटी गभर्नर रहमान जलालीले बिस्फोटहरू आतंकवादीहरूद्वारा गराइएको बताएको छ । यसैबीच इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कले विस्फोटको कारण अझै अनुसन्धान भइरहेको र उद्धार टोली घटनास्थलमा रहेको बताएको छ ।

इरान सरकारले बिहीवार राष्ट्रिय शोकको दिन घोषणा गरेको छ । इरानका सबैभन्दा शक्तिशाली सैन्य कमाण्डरमध्येका एक सुलेमानी, जनवरी ३, २०२० मा बगदादको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै तत्कालीन अमेरिकी सेनाको आदेशमा ड्रोन हमलामा मारिएका थिए । उनको गृहनगर केरमानमा अन्त्येष्टि पछि दफन गरिएको थियो । इरानले उक्त हत्यालाई राज्य आतंकवाद भन्दै निन्दा गरेको छ र बदला लिने घोषणा गरेको छ ।

पछिल्लो घटनापछि इरानका सर्वोच्च नेता अली खामेनीले आक्रमणकारीहरूले कठोर प्रतिवाद सामना गर्ने बताउनुभएको छ । इरानी राष्ट्रपति इब्राहिम रायसीले कायरतापूर्ण कार्यका दोषी र नेताहरूलाई छिट्टै पहिचान गरी सजाय दिने घोषणा गर्नुभएको छ ।