२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासका उपनेताको लेबनानमा हत्या



अ+ अ-

एजेन्सी । इजरायली रक्षा बल (आईडीएफ)ले इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि चलिरहेको युद्धमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ ।

टाइम्स अफ इजरायलका अनुसार इजरायली रक्षा बल (आईडीएफ)ले लेबनानमा हिजबुल्लाह लक्ष्यहरूमा ड्रोन आक्रमणको क्रममा हमासका उपनेता सालेह अल–अरौरीलाई मारेको छ । हमासले पनि यसको पुष्टि गरेको छ ।

हमास नेता इस्माइल हानियाले अरौरीको मृत्युको बदला लिने वाचा गरेका छन् । उनले यो आक्रमण लेबनानको सार्वभौमसत्ताको उल्लङ्घन भएको बताउँदै अब जे भए पनि इजरायल आफै जिम्मेवार हुने चेतावनी दिए । अमेरिकी समाचार च्यानल सीएनएनको रिपोर्ट अनुसार आईडीएफले मङ्गलबार राति मध्य गाजामा रहेको हमासको खुफिया र नियन्त्रण केन्द्र कब्जा गरेको थियो ।

गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले मंगलबार राति सञ्चारमाध्यमलाई इजरायली हमलामा हालसम्म २२ हजार प्यालेस्टिनी मारिएको जनाएको छ ।

विज्ञप्ति अनुसार ९ दिनमा एक हजार जनाको मृत्यु भएको छ । यसबाहेक जनवरी १ र २ को बीचमा २ सय ७ जनाको मृत्यु भएको छ । ३३८ जना घाइते भएको बताइएको छ । विज्ञप्तिमा मारिने र घाइतेमध्ये कति जना हमासका लागि लडिरहेका थिए भन्ने खुलाएको छैन ।