२५ श्रावण २०८३, सोमबार
,
Latest
सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर सरकारले सुशासन र सदाचारमा ध्यान दिन सकेनः सांसद सुनार सदाचार नीति कार्यान्वयनमा सांसद भट्टको जोडः ‘अरूलाई सुधार्नुअघि आफू सुध्रिन आवश्यक’ सदाचार नीति कार्यान्वयनका लागि इच्छाशक्ति आवश्यक, अतिरिक्त बजेट चाहिँदैनः सांसद देवकोटा राष्ट्रिय सदाचार नीति कार्यान्वयन र ऐन निर्माणका लागि सरकारलाई संसदीय समितिको निर्देशन उद्घाटनपछि पनि नागढुंगा सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालन नहुँदा राज्यलाई नोक्शानीः सभापति गजुरेल जग्गा हदअबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सांसद थेवेको माग सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न सरकार सकारात्मक छ: प्रधानमन्त्री दाहाल (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने मागमा सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएशनको १६ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले नेपाल इन्जिनियरिङ एशोसिएशनले सो कलेज स्थापना गर्ने मागलाई विगत लामो समयदेखि उठाउँदै आएको उल्लेख गर्दै त्यसलाई स्थापना गर्ने कामलाई आफूले गाह्रो कामको रुपमा नलिएको पनि स्पष्ट पार्नुभयो । उहाँले कार्यक्रममा सहभागी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाप्रति संकेत गर्दै सो मागका सम्बन्धमा आफूले सम्बन्धित मन्त्रीसँग कार्यक्रम स्थलमै छलफल गरेको पनि बताउनु भयो ।

इन्जिनियरहरुको क्षमता अभिवृद्धि, पेशागत विकास र उन्नयनका निम्ति छुट्टै कलेजको माग राख्नु स्वभाविक रहेको प्रधाममन्त्री दाहालको भनाई थियो । प्रधानमन्त्री दाहालले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको कामलाई प्राथमिकताका साथ अघि बढाएको समेत दोहोर्‍याउनु भयो । उहाँले मुलुकको समृद्धिका लागि गुणस्तरीय पूर्वाधार विकासमा जोड दिनुपर्ने भएकाले पनि त्यसमा इन्जिनियरहरुको भुमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने चुनौति सामना गर्न पनि सरकारले इन्जिनियर तथा प्राविधिकहरुको समुचित परिचालनमा जोड दिन चाहेको पनि प्रधानमन्त्री दाहालले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले जानकारी पाएअनुसार नेपाल इन्जिनियरर्स एशोसिएशनले इन्जिनियरहरुको क्षमता अभिवृद्धि, पेशागत विकास र उन्नयनका निम्ति विगत लामो समयदेखि इन्जिनियरिङ स्टाफ कलेजको स्थापना गर्ने विषयमा जोड दिँदै आएको छ । तपाईहरुको यो चासो र मागलाई मैले सकारात्मक रुपमा लिएको छु । र, अहिले भर्खरै माननीय मन्त्रीज्यु र मेरो थोरै कुरा पनि भयो । यो गाह्रो काम हुँदै होइन । त्यसकारण इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने विषयमा सरकार सकारात्मक हुने विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु । अब परिस्थिति पक्कै पनि बदलिएको छ । वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको कुरालाई प्रमुख प्राथमिकताका साथ आफ्नो कार्य सम्पादन गरिरहेको छ ।’

‘मेरो तेस्रो कार्यकालको पहिलो वर्षमा भ्रष्टाचार नियन्त्रण गरी सुशसनको प्रत्याभुति गर्ने, अर्थतन्त्रका चुनौतिहरु सम्बोधन गर्दै अर्थतन्त्रलाई यथाशाक्य छिटो लयमा फर्काउने र सुशासन प्रत्याभुति गराउने कुरालाई उच्च प्राथमिकता दिएको छ । यो लक्ष्य पूरा हुने गरी आगामी दिनमा सरकारले आफ्नो गतिविधिहरुलाई पूर्वाधार निर्माणतर्फ लक्षित गर्नुपर्ने कुरामा पनि हाम्रो ध्यान छ । संघ, प्रदेश र स्थानीय संरचनामा इन्जिनियर तथा प्राविधिक जनशक्तिको समूचित परिचालन र व्यवस्थापन हुन त्यत्तिकै जरुरी छ । आधुनिक विकासको मुख्य प्राथमिकता भनेको पूर्वाधारहरुनै हुन । सडक,लोकमार्ग, ऊर्जा, विद्युत, सञ्चार, विमानस्थल, खानेपानी तथा ढल निकासका परियोजनाहरु गुणस्तरीय निर्माणद्धारा तोकिएकै समयमा सम्पन्न गर्नसक्यौ भने मात्र आर्थिक विकासको ढोका खुल्न सक्दछ । जसको फलस्वरुप वृहत आर्थिक पूर्वाधारको मार्ग पहिल्याउन सकिन्छ । विद्यमान अवस्थामा ठूलो पूर्वाधारको अभावमा राज्यको ठूलो हिस्सा विकासको प्रतिफलका निकै टाढा रहेको अनुभुत हुन्छ । विकास निर्माण भनेको लामो तथा जटिल प्रक्रिया नै हो ।’

प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक विकासको ढोका खोल्न र दूरदराजमा रहेकाहरुको पनि आर्थिक विकासका लागि पूर्वाधार विकासको कामलाई तिब्रता दिनुपर्ने जरुरी रहेको बताउनु भयो ।




भर्खरै