२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रले भोलि भैरहवामा के घोषणा गर्दैछन् ?



फाईल फोटो
अ+ अ-

काठमाडौँ । यतिखेर पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवामा छन् । केही दिनदेखि उनी पश्चिम नेपालको भ्रमणमै छन् ।

उनको धार्मिक तथा साँस्कृतिक भ्रमण भनिए पनि त्यतिमात्र नरहेको बुझाई भैरहवाबासीको छ । उनलाई भोलि बिहीबार त्यहाँ नागरिक अभिनन्दन गर्ने तयारी भएको छ । पुस १९ गते साढे १२ बजे भैरहवाको सुगरमिल क्षेत्रमा पूर्वराजाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

हुन त उनलाई भोलि अभिनन्दन गरिने कुरा मंगलबार मात्र सार्वजनिक भएको हो तर पनि उनी आइतबार नै रुपन्देही पुगेका थिए । हाल उनी रुपन्देहीको भैरहवामा बसेका छन् ।

मंगलबार बुटवल पुगेका उनको सबै कार्यक्रम समेत सुरक्षा निकायलाई जानकारी छैन । पूर्व राजा ज्ञानेन्द्रले कपिलवस्तु, पश्चिम नवलपरासी तथा रुपन्देहीका विभिन्न धार्मिक स्थलहरुको दर्शन तथा भ्रमण गर्ने पनि कार्यक्रम रहेको उनी निकट स्रोतले जानकारी दिएको छ । मंगलबार मात्र नागरिक अभिनन्दन समारोह मूल समिति रुपन्देहीले भैरहवामा पत्रकार भेटघाटमार्फत् पूर्वराजाको भ्रमण कार्यक्रमबारे जानकारी गराएको थियो ।

श्रीमती कोमल शाहसहित पुगेका पूर्वराजा ज्ञानेन्द्र भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेका छन् । पछिल्ला केही समय नेपालमा राजतन्त्रप्रति नागरिकको चासो पनि बढ्दै गएको छ । नागरिकले वर्तमान सत्ताले महंगी, भ्रष्टाचार तथा नागरिकप्रति बेवास्ता मात्र दिएको भनेर निराशा व्यक्त गर्ने गरेका छन् । त्यसैले कैयौँ व्यक्ति र संस्थाहरुले अहिले बरु यो व्यवस्था भन्दा त राजतन्त्र नै ठिक भन्ने जस्ता अभिव्यक्ति पनि दिने गरेका छन् ।

त्यसकारण राजनीतिक दलका नेताहरुले पनि राजतन्त्रको विरोध गर्न थालेका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले पुस १६ गते आयोजना गरेको कार्यक्रममा पनि एमाले नेता केपी ओलीसहितका नेताले नेपालमा अब राजतन्त्र पनरागमनको कुनै सम्भावना नरहेको बताएका थिए । यतिबेला मुलुकमा नेपालमा राजतन्त्रको आगमन सम्भव छ या छैन भनेर बहस जारी रहेकै बेला पूर्वराजा ज्ञानेन्द्र भने केही बोलेका छैनन् ।

उनी देश दौडाहामा भने ठाउँ ठाउँमा पुगेका छन् । त्यसैले भोलि भैरहवामा हुन लागेको नागरिक अभिनन्दनमा उनले सम्बोधन गर्ने कार्यक्रम पनि राखिएको छ । उनले भोलि के घोषणा गर्दैछन् भन्ने चासो भैरहवाबासीमा देखिएको छ ।