७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमालेको केन्द्रीय समिति बैठक बालुवाटारमा



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक बालुवाटारमा सुरू भएको छ। 

आजै बसेको संसदीय दलको बैठकले संसदीय दलको संशोधित पारित विधानलाई केन्द्रीय समिति बैठकमा अनुमोदन गरिने एक नेताले बताए। 

बैठकमा नेपाल पक्ष भने उपस्थित भएका छैनन्।  नेपाल पक्ष संसदीय दलको बैठक बसिरहेकै बेला बैठक तथा निर्णय विधान र विधिसम्मत हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई पत्र बुझाएका थिए। 

त्यस्तै बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी नहुने बथएका छन्।

उनी स्वास्थ्यको कारण देखाउँदै संसदीय दलको बैठकलगत्तै बालुवाटारबाट बाहिरिएको ती नेताले बताए।