११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका चार नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समुहको केन्द्रीय समिति बैठकले पार्टीको निर्देशन विपरित राष्ट्रिय भेला आयोजना गरि सक्रिय भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसंग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
सनिबार बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समिति बैठकले पार्टीले दिएको निर्देशन विपरित राष्टिय भेला आयोजना गरेर निर्देशन उलंघन गरिएको कार्यलाई गम्भीर र अनुशासन विपरित विषय भएकाले त्यसकार्यको मुख्य जिम्मेबार भएका नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले आत्मसमिक्षाका साथ फर्किनेलाई पार्टीले उपयुक्त जिम्मेबारी दिने निर्णय पनि बैठकले गरेको छ ।
प्रवक्ता ज्ञवालीले भन्नुभयो “नेकपा एमाले केन्द्रीय कमिटीको १२ औ बैठकले आगामी २०७८ साल मंसिर २ देखि ६ गते सम्म दशौ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गर्दे विद्यमान २ सय ६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

महाधिवेशन आयोजक कमिटीको अध्यक्ष र महासचिवमा स्वतःकेन्द्रीय कमिटीको अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोख्रेल रहने र त्यहाँ रहने अन्य पदाधिकारीहरु र स्थायी कमिटीको बारेमा प्रस्ताव प्रस्तुत गर्नका लागि अध्यक्ष तथा महासचिवलाई जिम्मा दिने निर्णय गरेको छ । ”

त्यसैगरी बैठकले पार्टीको विधान संसोधन गरेर आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको छ । त्यसैगरी बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजको प्रस्ताव तयार गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, टोप बहादुर रायमाझी र शंकर पोख्रेल रहेको ३ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

प्रदेश मातहतका जिल्ला कमिटीलाई जिल्ला संगठन कमिटीमा रुपान्तरण गर्न र समयमै अधिवेशन गर्न तथा बाकी स्थानीय तहका कमिटीहरुलाई पनि व्यवस्थित गर्ने जिम्मेबारी सात वटै प्रदेश कमिटीलाई सुम्पिएको छ । एमालेको ओली समुहले यसअघि नै असार मसान्तसम्म पार्टी सदस्यता नविकरण गरिसक्ने निर्णय गरेको थियो ।

त्यसैगरी अनुशासित, जनआधारित, चुस्त र अझै सशक्तका साथ राष्ट्रिय राजनीतिलाई डोर्याउन सक्ने नया शक्तिको रुपमा पार्टीलाई अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।