• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

बालकुमारी घटना : यी दुई मन्त्री पनि छानबिनको दायरामा



काठमाडौँ । गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको आगजनी र गोलीकाण्डमा दुई जनामन्त्री अनुसन्धानका दायरमा परेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र श्रम मन्त्री शरतसिंह भण्डारी यो अनुसन्धानको दायारमा परेका हुन् । उनीहरुका क्रियाकलाप संकास्पद देखिएकाले उनीहरुको सो दुर्घटनामा रहेको भूमिकाको अनुसन्धान गर्न हिजो मात्र संसदको राज्य व्यवस्था समितिको बैठकले सरकारलाई आदेश गरेको छ । मन्त्री ज्वालामाथि भिडभाड भएको बेला त्यो बाटोबाट मन्त्रीजी किन आउनुभयो होला भनेर गृहमन्त्रीले नै हिजोको संसदीय समितिको बैठकमा प्रश्न गरेका थिए ।

आर्मीको सेक्युरिटी गाइड र प्रहरीका पिएसओ साथमा राखेर मन्त्रीजी किन त्यहाँ गएको होला ? उनले प्रश्न गरको थिए । उता मन्त्रीजी घेराबन्दी भएको छ र गाडी जलाइएको छ भनेपछि गोली प्रहार गरेको देखिएको उनको भनाई छ । मन्त्रीको सवारीका क्रममा नियन्त्रणमा लिन नसकिएको पाइएको गोली चलाउन बाध्य भएको प्रहरी महानिरीक्षक वशन्त बहादुर कुँवरले भनेका छन् । उनले भने- मास क्लियिर गर्दै जाने क्रममा प्रहरीले गोली चलाएको छ । जहाँ गाडी जलाइयो त्यो ठाउँमा गोली चलेको पनि छैन र त्यहाँ भिडभाड पनि छैन, यस्तोमा किन हामीलाई मुछ्ने? मन्त्री प्रकाश ज्वालाले जनाएका छन् ।

यसका लागि सरकारले उच्चस्तरीय छानबीन आयोग गठन गरेको छ । उता श्रममन्त्रीको पनि इपिएस प्रणालीलाई अबरुद्ध किन पारेको हो भनेर अनुसन्धान गर्नुपर्ने पनि संसदीय समितिले जनाएको छ । कोरिया सरकारले परीक्षा लिएर कामदार लैजान तयार रहेको भए पनि यता श्रम मन्त्रालयले भने अनावश्यक बखेडा झिकेर इपिएस परीक्षा प्रणाली नै अवरु पारेको र त्यसमा श्रममन्त्री शरतसिंह भण्डारी प्रत्यक्ष रुपमा संलग्न रहेको भन्दै उनको भूमिकाको पनि अनुसन्धान गर्न संसदीय समितिले सरकारलाई भनेको छ ।