• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले

बालकुमारी घटनामा प्रधानमन्त्रीको अनुमानः लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन



तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन भएको बताउनुभएको छ ।

सोमवार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइनको रुपमा भएको आफूले अनुमान गरेको बताउनुभएको हो । उहाँले आफूले सम्बन्धित निकायसँग घटनाबारे ब्रिफिङ लिँदा सामान्य नलागेको बताउनु भयो । उहाँले सो घटना बाहिर देखिएजस्तो मात्रै नभएको बताउनु भयो । घटनाको अन्तर्यमा अरु नै केही कुरा भएको उहाँको भनाई छ । उहाँले मृतकका परिवारलाई रोजगारी दिने र सहिद घोषणा गर्ने कुरा राजनीतिक तहमा छलफल भइरहेको पनि बताउनु भयो । उहाँले जनतालाई निराशा बाँडिएको भन्दै देशमा अध्याँरो बाहेक केही नदेखाउनेहरु राष्ट्रवादी हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अस्तिको घटनाको कुरा भन्ने हो भनेपनि यस्तो त हामी कसैले पूर्वानुमान गर्न सक्ने खालको थिएन । म त्यो दिन पूर्व निर्धारित कार्यक्रममा दोलखामा थिएँ । आउँदा आउँदा नै मैले थाहा पाएँ । पाएपछि अविलम्ब तुरुन्तै अर्को दिन बिहान घटनाक्रमको ब्रिफिङ लिइयो । म अहिले सबै भन्न चाहन्न । केही चिज गम्भिर लागेको छ । सामान्य छैन यो । त्यो दुईजना युवाहरुको जस्तो परिवेशमा, जसरी हत्या भएको छ । ईपिएसमा जे–जस्ता गतिविधि भएका छन् ।

गाडी जलाउने जस्तो–जस्तो गतिविधि भएको छ । यो थिङ्स आर नट ह्वाट दे सिम् भनेजस्तो छ । चिज त्यस्तो छैन । जस्तो देखिएको छ । त्यो भित्र अर्कै केही छ भन्ने मैले अनुभुत गरेको छु । यो कहीँ लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन कतै त छैन भन्ने मेरो अहिले कुनै प्रुफ होइन । त्यसैकारण मैले तुरुन्त नै त्योसँग सम्बन्धितलाई निलम्वन गर्ने र उच्चस्तरिय छानविन आयोग बनाउनुपर्छ यसलाई । सामान्य छानवीन समितिले मात्रै पुग्दैन भन्ने निष्कर्ष निकालेर मृतकका परिवारलाई समेत बालुवाटार बोलाएर गम्भिर ढंगले समिक्षा गरिएको छ । आज बिहान मात्रै क्याबिनेटबाट हामीले सरकारले गर्नुपर्ने र गर्न सक्ने जति काम तुरुन्तै गरिएको छ । परिवारलाई रोजगारी दिने कुरा, सहिद घोषणाका कुरा छन् त्यो हामी राजनीतिक तहमा छलफल गर्दैछौँ । सरकारले पहल लिएकै छ नि चाहे भुकम्प होस् । चाहे यस्ता घटनाहरुमा । यो भाष्य के त्यो गाडी जलाउने बेलामा मन्त्रीलाई नै भित्रै जलाउनुपथ्र्यो छोडेछन् भन्ने भाष्य के भाष्य हो यो ?

आज मैले आज एउटा न्युज हेरेँ शेरबहादुरजी, मेरो र केपी ओलीको । यिनलाई गोलि ठोकेर टाउको काटेदेखि म २०÷२० लाख दिन्छु भन्ने प्रचार भइराखेको छ । के भाषा हो यो ? के संस्कार हो यो ? लोकतन्त्रमा यस्तो हुन्छ र ? जनतलाई निराशा बाँड्ने । अध्याँरो देखाउने । अध्याँरो बाहेक देशमा केही छैन भन्ने कोही राष्ट्रवादी हुन सक्दैन । जनतालाई आशा देखाउन सक्नुपर्छ राजनीतिक नेतृत्वले । भएका कमी स्वीकार्न पनि आँट गर्नुपर्छ । गरेका राम्रा काम स्थापित गर्न पनि आँट गर्नुपर्छ । हाम्रो अगाडी त्यही जिम्मेवारी छ ।’

प्रधानमन्त्री दाहालले सरकारले गरेका राम्रा कामहरुको प्रशंसा गर्न नहिच्किचाउन सत्तारुढ दल नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरुलाई अपील गर्नुभयो । उहाँले तीन प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुका बीचमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सहमती भएको पनि बताउनु भयो । प्रधानमन्त्री दाहालले नेपालका राजनीतिक दलका समकालिन नेताहरु कुनै न कुनै रुपमा विपी कोईरालाकै स्कुलिङबाट दिक्षित भएका बताउनु भयो । उहाँले विपि कोइरालालाई नेपाली राजनीतिको मुर्धन्य व्यक्तित्वको रुपमा चित्रण पनि गर्नुभयो ।