१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखरको प्रश्न- हामी देउवाको इसारमा हिँड्ने, तर उहाँ कसको इसारामा ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा कस्को ईसारमा हिड्नु भएको हो भन्दै प्रश्न गर्नुभएको छ ।

प्रजातान्त्रिक सेनानी संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भन्नुभयो- हामीहरूको सर्वेसर्वा त सभापति शेरबहादुर देउवा हो । हामी उहाँकै इसारमा हिँड्ने हो । तर, उहाँ कसको इसारमा हिँड्ने हेर्नुहोस् त ?

उहाँले मुलुकमा अब कांग्रेस नेतृत्वको सरकार आवश्यक भैसकेको बताउनु भयो । उहाँले प्रचण्डले नेतृत्व गरेको सरकारले काम गर्न नसकेको भन्दै तत्काल परिवर्तन गर्नुपर्नै समेत बताउनु भयो ।

उहाँले भन्नुभयो ‘अहिलेजसरी पार्टी चले संकट पैदा हुने पनि खतरा रहेको बताउनु भयो । उहाँले भन्नुभयो ,‘अहिले हामी हाम्रो अस्तित्व त गुमाउँदै छैनौं भन्ने डर छ । बीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्नुहुन्थ्यो । त्यो तीवटा कुरालाई लिएर कांग्रेस अघि बढ्यो भने समाप्त हुँदैन । तर, अहिले हामी जसरी जाँदैछौं केन्द्रीय समिति भनौं या वडा समिति तपाईंहरू कसरी लिनुहुन्छ थाहा छैन म चाहिँ भद्दा कमिटी भन्छु ।’