२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी



अ+ अ-

एजेन्सी । जापानको इशिकावा प्रान्तमा सोमबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । रेक्टर स्केलमा यसको तीव्रता ७.४ मापन गरिएको छ । प्रशासनले सुनामीको चेतावनी जारी गरेको छ । हाल कुनै क्षतिको खबर छैन ।

जापानी मिडिया एनएचकेका अनुसार प्रशासनले ५ मिटर (१६ फिट) अग्लो छालहरू उठ्न सक्ने बताएको छ । तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

जापानी सञ्चारमाध्यमका अनुसार फुकुसिमा आणविक प्लान्टलाई नजिकबाट नियालिरहेको छ । मार्च २०११ मा जापानमा ९ म्याग्निच्युडको भूकम्पले ठूलो सुनामी आएको थियो । जसमा उठेको सुनामीको छालले फुकुसिमा आणविक प्लान्टलाई ध्वस्त पारेको थियो ।

यसलाई वातावरणीय क्षतिको हिसाबले ठूलो घटना मानिएको छ । त्यसपछि समुद्रमा १० मिटर अग्लो छालले धेरै शहरहरूमा विनाश निम्त्यायो । जसमा करिब १६ हजार मानिसको मृत्यु भएको थियो ।