१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

बालकुमारी प्रकरण: भौतिकमन्त्रीको लापरवाहीले दुर्घटना भयो – महामन्त्री थापा

बालकुमारी प्रकरण: भौतिकमन्त्रीको लापरवाहीले दुर्घटना भयो – महामन्त्री थापा
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताउनुभएको छ ।

आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको बताउनुभएको हो । सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले समितिले मन्त्रीको लापरवाहीलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने बताउनु भयो । उहाँले लापरवाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताउनु भयो । उहाँले श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताउनु भयो । उहाँले साउनदेखिको इपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापरवाही भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पर्सनल सेक्युरिटिज अफिसरहरुले सूचना लिइसक्दा पनि राज्य नेतृत्वले होइन होइन भनेर ठिक छ भन्यो भने त्यो बेलामा उसले रोक्दैन । त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो । चरम लापरवाही हो, हेपेको हो । सामान्य व्यक्तिले गर्ने लापरवाहीले त कतिथोक व्यहोर्नुपर्छ । त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरवाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो । यो समितिले मन्त्रीको लपरवाही हेर्छ की हेर्दैन ? लापरवाही हो भने दण्ड हुन्छ । यो त साउनदेखि भएको हो । मंसिरदेखि त निरन्तर आन्दोलन भइरहेको छ । यसमा गृहमन्त्रीज्युले सामान्य जानकारी गराउनुभएको छ । त्यसमा पनि हाम्रा केही आशंका छन् । यो समितिले गृह मन्त्रालयको राजनीतिक नेतृत्व र प्रहरी प्रशासनको सुरक्षाको नेतृत्वले ठिक ढंगले काम गरेको छ की छैन ? यसको ल्याप्सेस कहाँ भयो भन्नेकुरासम्म पुग्छ की पुग्दैन ? श्रममन्त्रीको विषय पनि यहाँ छ । यो महत्वपूर्ण छ । साउनदेखिको विषयमा जानकारी राख्नुभयो की भएन । इपीएस कार्यालयमा समस्या भयो, भइरहेको छ । त्यो बेलामा पोल्टिकल लिडरशिप भनेको के हो ? श्रममन्त्रीको जिम्मेवारी होइन यो । श्रममन्त्रीले यत्रो भइसकेपछि अलिकति अतिरिक्त जाने भेट्ने कुरा गर्ने सम्हाल्ने होइन । जिम्मा के हो ? श्रममन्त्रीको बारेमा विभिन्न कुरा आएका छन्, गम्भीर कुरा उठेको छ, त्यसमा ठूलो अनुचित लाभ लिएको देखिन्छ । प्रधानमन्त्री कार्यालयलाई यसबारेमा जानकारी थियो की थिएन ? इपीएसको बारेमा संवाद गरेको छ की छैन । संवाद गरेको भए यि कुराहरु हुँदैन थिए ।’

महामन्त्री थापाले माईतीघरको निषेधित क्षेत्र तत्काल खारेज गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गर्नुभयो । उहाँले माईतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माईतीघरको निषेधित क्षेत्र हटाइदिनुस् । यसको पनि कारण छ । हेर्दा सामान्य लाग्छ । आज धोती जुलुस भयो, पोल्टिकल स्टेटमेण्ट हो । उहाँहरुले सरकारले सुन्छ भनेर माईतीघरमा देखाउन खोज्नुभएको हो । हिजो हामीले त्यही गरेको हो । तर अहिले माईतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि बल प्रयोग गर्नुपरेको छ । बल प्रयोग गर्ने घटनाले बढाउँदै लैजाने त हो । हाम्रो डेमोक्रेसीमा हामीले एउटा ठाउँ बनाएको हो । यसको औचित्य छैन, यसको तत्काल खारेज गर्न अनुरोध गर्छु ।’

महामन्त्री थापाले बालकुमारी घटनाका परिवारलाई राज्यले उचित क्षतिपूर्तिसहित उनीहरुको जीवन हेर्नेगरी अघि बढ्न सुझाव दिनुभयो ।