१७ श्रावण २०८३, आईतवार
,
Latest
कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल आन्तरिक पर्यटन व्यवस्थापन र उच्च उचाइको जोखिम न्यूनीकरणमा जोड : मन्त्री रिमाल नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक जारीः बालकुमारी घटनाबारे उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा जारी बैठकमा ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय न्यायिक आयोग गठन गर्ने बारे निर्णय हुने जनाईएको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयलाई उच्चस्तरीय छानबिन आयोग गठनसम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिनु भएको थियो ।

गृह मन्त्रालयले छानबिन आयोग ऐन २०२६ बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रस्ताब लैजाने तयारी गरेको छ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले न्यायिक छानबिन आयोगको माग गरेको थियो ।

आइतबार बसेको सत्ता गठबन्धको बैठकपछि प्रधानमन्त्री प्रचण्ड आयोग गठनका लागि तयार हुनु भएको थियो ।