२१ मंसिर २०८२, आईतवार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा रास्वपाको प्रदर्शन, सरकारको जन विरोधी हर्कतको विरोध



अ+ अ-

रुपन्देही । बालकुमारी घटनामा दुई जना युवाको मृत्यु भएको घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीले शान्तिपूर्ण प्रर्दशन गर्दै कडा विरोध जनाएको छ। देशमा युवाहरुको लागि उचित वातावरण तयार गर्नु पर्नेमा सरकार झन क्रुर रुपमा प्रस्तुत हुदै गएको रास्वपा रुपन्देहीको आरोप छ।

रास्वपा रुपन्देहीले आईतवार दिउसो बुटवल र भैरहवा सहरहरुमा छुट्टाछुट्टै विरोध कार्यक्रमहरुको आयोजना गर्दै बालकुमारी घटनामा सरकारले अराजक एवं फासिवादी रवैया प्रकट गरेको विरोध प्रर्दशनमा सहभागीहरुको आरोप छ। सरकार उत्तरदायी भएर नागरिकका पिर मर्का र अप्ठ्याराहरु महसुस गरी सम्वोधन गर्नु पर्नेमा सरकार आफै अत्यन्त गैरजिम्मेवार र निर्लज्ज रुपमा प्रस्तुत हुदैं गएको उनीहरुको आरोप छ।

शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी रास्वपा केन्द्रीय सदस्य कुसुम महर्जनले जनतावाट टाढिदै गएको प्रचण्ड सरकारले नागरिक माथि अत्याचार बढाएको र यसको परिणाम भयावह हुने चेतावनी दिनुभयो। यस्तै गरी, न्युज पोलरसँग सक्षिप्त धारणा राख्दै रास्वपा लुम्बिनी प्रदेश समिति सदस्य एवं रुपन्देही जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माले युवाहरुको आवश्यकता, चाहना र मागलाई सम्वोधन नगरे सम्म कुनै पनि मुलुक बन्न नसक्ने यर्थाथता भए पनि वर्तमान सरकार उल्टो वाटोमा निर्लज्जतापूर्वक हिडिरहेको आरोप लगाँउदैं यो गठवन्धन जनताको नजरमा पूर्ण असफल भईसकेको ठोकुवा गर्नुभयो।

विरोध प्रर्दशनमा रास्वपा सदस्यहरुले प्लेकार्ड बोकेर “जवाफ दे सरकार, जनता मार्न पाईदैन्, बेरोजगारीलाई रोजगार दे” लगाएतका दर्जनौ नाराहरु लगाएका थिए।

ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागि दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि सरकार विरुद्ध देश भर प्रर्दशनहरु भईरहेका छन्।