१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

महालक्ष्मी ९ का २३० जना जेष्ठ नागरिकलाई लौरो, दोसल्ला र नगदसहित सम्मान

महालक्ष्मी ९ का २३० जना जेष्ठ नागरिकलाई लौरो, दोसल्ला र नगदसहित सम्मान
अ अ+ अ-

ललितपुर, १५ पुस । महालक्ष्मी नगरपालिका वडा नं ९ लामाटारका ७५ वर्ष नाघेका २३० जना जेष्ठ नागरिकहरुलाई बुढेसकालको सहारा एक/एकवटा ‘लौरो’ दिँदै फूलको माला लगाएर न्यानो दोसल्ला ओढाई गाडी भाडा दिएर आइतबार सम्मान गरिएको छ ।

बागमती प्रदेशका उद्योग,वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामृकष्ण चित्रकार, बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, वडाध्यक्ष जयकृष्ण बोगटी लगायतले जेष्ठ नागरिकहरुलाई न्यानो दोसल्ला ओढाई, बुढेसकालको सहारा ‘लौरो’ दिएर फूलको माला लगाई यातायात खर्च समेत दिएर सम्मान गरेका थिए ।

त्यसो त ती जेष्ठ नागरिकहरुलाई सम्मानको लागि वडा कार्यालयले दुईवटा बस पठाएर उहाँहरुको घरदेखि सम्मानस्थल अर्थात वडा कार्यालय प्रांगणमा ल्याएको थियो ।
वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटीका अनुसार वडा कार्यालयले स्थानीय भ्याली पब्लिक स्कुलको एउटा बसले गहते, तीनचल, ठकुरीगाउँ, सिस्नेरी, ढुंगिन, घिमीरेचोक र आसपासका जेष्ठ नागरिकहरुलाई र विद्यापुञ्ज स्कुलको अर्काे बसले आरुबोट, गणेशस्थान, डाँडाथोक, लुभु, पानीट्यांकी, भुजुंगेका स्थानीय जेष्ठ नागरिकलाई सम्मान कार्यक्रमस्थलसम्म ल्याउने र कार्यक्रम सकिएपछि घरसम्म पुर्याउने व्यवस्था मिलाएको थियो ।

‘जेष्ठ नागरिक बोझ होइनन्, उहाँहरु ज्युँदो इतिहास हो, उहाँहरुलाई मान सम्मान र आदरका साथ घरपरिवार र समाजमा सम्मान गर्नु सबैको दायीत्व हो भन्ने सन्देश फैलाउन’ वडा कार्यालयले पहिलोपटक वडाभरीका ७५ वर्ष उमेर नाघेका २३० जनालाई सम्मान गरिएको वडाध्यक्ष बोगटीले बताए ।

त्यसो त २०७९ सालमा भएको स्थानीय निकायको निर्वाचन अघि वडाध्यक्षका उम्मेदवार रहेका बोगटीले वडाका जेष्ठ नागरिकको अधिकार,मान सम्मान र स्वास्थ्य सुदृढीकरण गर्नु आफ्नो पहिलो दायीत्व भएको बताएका थिए ।

निर्वाचन जितेको ठीक २० महिनापछि उनको नेतृत्वमा रहेको वडा कार्यालयले आइतबार वृहत सम्मान कार्यक्रम राखी २३० जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
‘कार्यक्रमस्थलमा आउनुभएका १५० जनालाई आज सम्मान गरियो, विरामी र शारिरीक अशक्तताका कारण आउन नसक्नुभएका बाआमालाई हामी घरघरमै गएर सम्मान गर्नेछौ’— वडाध्यक्ष बोगटीले भने ।

वडासदस्य शशीधर पोखरेले वडामा रहेका सबै जेष्ठ नागरिक र शारिरीक अपाङ्गता भएकाहरु सबैलाई वडा कार्यालयले सहजरुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको बताए । वडाले त्यस्ता नागरिकहरुको नि:शुल्क स्वास्थ्य सेवाको लागि घरदैलोमै स्वास्थ्यकर्मी लगेर उपचार र औषधि सेवा पनि दिँदै आएको छ ।

वडा कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन गरेको बजेटबाट उहाँहरुलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष बोगटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री चित्रकार, सांसद श्रेष्ठ, नगर प्रमुख श्रेष्ठ, उपप्रमुख महर्जनको साथै राष्ट्रिय योजना आयोगका पुर्व सदस्य चम्पक पोखरेल, बागमती प्रदेशका पुर्व सांसद माधव पौडेल, सो वडाका वडा सदस्य शशीधर पोखरेल, वडासचिव नारायण श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका कानूनी सल्लाहकार सुशील पोखरेल, लामाटार गाविसका पुर्व अध्यक्ष तथा ९ नं वडाका सल्लाहकार गंगाप्रसाद न्यौपानेलगायतका वक्ताहरुले आइतबार आयोजना गरिएको ‘वृहत् सम्मान कार्यक्रमले जेष्ठ नागरिकहरुलाई जीवित अवस्थामै सम्मान गर्नुपर्छ’ भन्ने सन्देश दिएको बताए ।

लामाटार गाविसका ९ वटा वडालाई गाभेर अहिले महालक्ष्मी नगरपालिकाको एउटै वडा अर्थात वडा नं ९ बनाइएको हो ।