२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशको नाम उल्लेख नगरी मुख्यमन्त्रीले शुभकामना दिए- पछि सच्चाए



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको नाम उल्लेख भएको लेटरहेडमार्फत तमु ल्होसारको शुभकामना दिनुभएको छ ।

यसअघि दिनुभएको शुभकामना सन्देशसहितको लेटरहेडमा कोशी प्रदेश नाम उल्लेख थिएन । उहाँले पछिल्लो शुभकामना सन्देशमा प्रदेशको नाम राखेर सच्याउनुभएको छ । प्रदेशको नाम कोशीलाई लिएर अहिले पनि त्यहाँ विवाद जारी छ ।

पहिचानवादीहरुले प्रदेशको नाम कोशी राखिएकामा विरोध गरिरहेका छन् । उनीहरुले पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने माग गर्दै आएका छन् पहिचानवादीहरुको विरोध र दबाबकै कारणले यसअघिको लेटरहेडमा मुख्यमन्त्री कार्कीले प्रदेशको नाम उल्लेख नगरेको अनुमान गरिएको थियो ।