२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका युवावारे सर्वेक्षण गरे यस्तो खलासा



अ+ अ-

बेइजिङ । चीनका ६० प्रतिशत युवा राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको एक सर्वेक्षणले देखाएको छ ।

चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणमा सहभागी युवामध्ये ६० प्रतिशतले राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको जवाफ दिएका हुन् ।  

आइतबार पर्ने २१औँ विश्व सुताई दिवस (वल्र्ड स्लिपिङ डे) को अवसर पारेर यो सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरिएको सर्वेक्षणकर्ताहरुले जनाएका छन् ।

सर्वेक्षण्मा दुई हजार दुई जना सहभागी भएका थिए । उनीहरु १८ देखि ३५ वर्षसम्मका थिए । सर्वेक्षणमा सहभागी ८।५ प्रतिशतले मात्रै आवश्यकता अनुसारको सुताई मानिने ८ घण्टा सुत्ने गरेको जवाफ दिएका थिए ।

बेइजिङस्थित एउटा निजी कम्पनीमा कार्यरत २९ वर्षीय हु बोले मध्यरातभन्दा अगाडि कहिले कहिले मात्रै सुत्ने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हरेक दिन बेलुका ८ बजेपछि मात्रै म कार्यालयबाट काम सकेर आउने गरेको छु, कहिलेकाहिँ त भोकै पनि हुने गरेको छु, सुत्न जानुभन्दा अगाडि कम्युटर, ल्यापटप, मोबाइल, फोनलगायतमा भुल्ने गरेको छु, त्यसैले सुत्न ढिलो हुन्छ ।”

सुत्नका लागि विस्तारामा गएपछि पनि आधादेखि एक घण्टासम्म निदाउन समय लाग्ने हुले बताउनुभयो ।  

उहाँजस्तै झण्डै ११ प्रतिशत युवाले सुतेको ३० मिनेटभन्दा अगाडि निदाउन नसक्ने गरेको जवाफ दिएका थिए ।

सुताइको गुणस्तर र सन्तुष्टिका बारेमा सोधिएको प्रश्नमा झण्डै आधा युवाले सन्तोषजनक रहेको उत्तर दिएका थिए । 

सर्वेक्षणमा सहभागीमध्ये ४६ प्रतिशतले गहिरो निद्रा सहित सपना देख्ने गरेको, ४५।४ प्रतिशतले पातलो निद्रा लाग्ने गरेको र ३३।१ प्रतिशत बिहान चाँडै व्युझिने गरेको बताएका थिए । यिनीहरु नै सुताई सम्बन्धी उनीहरुका मुख्य समस्या पाइएको थियो । 

गुणस्तरीय सुताई नहुुनु मानसिक तथा शारीरिक स्वास्थ्यका लागि घातक हुने गरेको पनि सर्वेक्षणबाट देखिएको थियो । राम्रोसँग नसुत्नेहरुबाट कामको नतिजा पनि राम्रो नआउने गरेको र उनीहरुको काममा समेत असर पर्ने गरेको पाइएको सर्वेक्षणकर्ताहरुले बताएका छन् ।