• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

अस्ट्रेलियासामु चुनौती, वार्नरपछि को बन्छ ओपनर ?



एजेन्सी । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले जनवरी ३ देखि पाकिस्तानविरुद्ध आफ्नो करियरको अन्तिम टेस्ट खेल्ने भएका छन् ।

अहिलेसम्म उनले १११ टेस्ट खेलेका छन्, जसमा उनले ४४.५८ को औसत र ७० को स्ट्राइक रेटमा ८६९५ रन बनाएका छन् । यस्तो अवस्थामा वार्नरको सन्यासपछि स्थानान्तरण गर्नु चयनकर्ताका लागि ठूलो चुनौती हो ।

वार्नरको टेस्ट डेब्यूदेखि नै ओपनरको स्थितिबारे क्रिकेट अष्ट्रेलियाले धेरै सोच्नुपरेको थिएन, किनभने वार्नरले ओपनिङको एक छेउ सँधै राखेका थिए । तर, अहिले अष्ट्रेलियाले टोलीमा वार्नरजस्ता खेलाडी छनोट गर्न चाहेको छ जो टोलीको एक छेउलाई सम्हाल्न सक्ने होस् । किनभने, यो वर्ष न्युजिल्यान्ड, श्रीलंका र वेस्ट इन्डिजसँग सिरिज खेल्नुपर्नेछ ।

टेस्टमा वार्नरको स्थानमा क्यामरुन ब्यानक्रफ्ट, म्याट रेन्शा र मार्कस ह्यारिसको नाम प्रबल दावेदारमा परेको छ । तीनै खेलाडीले सन् २०२१ देखि शेफिल्ड शिल्डमा ओपनरका रूपमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।

१. ब्यानक्रफ्टः ५२ इनिङ्समा २३८४ रनको उच्चतम स्कोर । ५०ं को औसतमा १० शतक ।

२. ह्यारिसः तेस्रो उच्चतम स्कोरर । ३७.६८ को औसतमा ५ शतक र १५४५ रन बनाएका छन् ।

३.रेन्शाः प्रतियोगिता मा दोस्रो उच्च औसत छ । १९ इनिङ्समा ६५८ रन बनाए ।

ब्यानक्रफ्टले बल टेम्परिङ काण्डपछि कुनै पनि टेस्ट खेलेका छैनन् । ५ नम्बरमा खेल्दै रेन्सा प्रथम श्रेणीमा बढी सफल भएका छन् । ह्यारिसले काउन्टीमा उत्कृष्ट प्रदर्शन गरे पनि घरेलु खेलमा भने औसत रहेको छ ।

अष्ट्रेलियाका चयनकर्ताहरूले वार्नरको विकल्पको घोषणा गर्दा विदेशमा खेलाडीको प्रदर्शनमा ध्यान दिनेछन् । रेन्शा यस दौडमा अगाडि छन् । अष्ट्रेलिया, इङ्गल्याण्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्डमा रेन्शाको औसत ४०ं माथि छ ।