२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एडगुरु पौडेलको गायनमा पुनरागमन



अ+ अ-

काठमाडौं । उबेलाका चर्चित गायक निर्मलराज पौडेल १५ बर्षपछि पुन: गायनमै फर्कनुभएको छ । उहाँको गायनमा पुनरागमन ‘छम्म नाचौँ, छम्म नाचौँ’ बोलको गीतबाट भएको हो ।

श्रब्य सामग्रीको रुपमा रहेको सो गीतको हालै दृश्य सामग्री अर्थात म्यूजिक भिडियो छायांकन गरिएको छ । विशेष गरेर पर्वहरुमा नाच्ने शैलीमा तयार भएको गीतमा चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।

गीतमा सरोज खनाल, बिजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धिरेन शाक्य, रबीन्द्र खड्का, गजित बिष्ट, गम्भिर बिष्ट, सुनिल शिलवाल, खुस्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्की लगायतका नयाँ र पुराना चर्चित कलाकारहरुले अभिनय गर्नुभएको छ ।

विज्ञापन क्षेत्रमा लामो समयदेखि लागेका यस क्षेत्रका अगुवा पौडेल एड गुरु नामले समेत परिचित हुनुुहुन्छ । उहाँको यो पछिल्लो गीतमा गायन, मनिश पौडेलको निर्देशन, गम्भीर बिष्टको कोरियोग्राफी, महेश पौडेलको छायांकन तथा माधव थापाले छायांकन तथा ब्यवस्थापन गर्नुभएको छ ।

पौडेलकै रचना रहेको गीतलाई मोहित मुनालले सङ्गीत दिनुभएको छ । ३५ बर्ष अघि हलिउड र बलिउडका बिभिन्न गीतलाई नेपाली शैलीमा परिमार्जन गरी गायन यात्रा सुरु गर्नुभएका पौडेलको ‘फेसन यो हो फेसन’ भन्ने गीत निकै चर्चित रहेको थियो । उहाँका ह्याप्पी लाईफ, सलल बगेको गण्डकी लगायतका गीतहरु चर्चित छन् ।

हालैमात्र पौडेलले नेपालमा विज्ञापनको इतिहास र वर्तमान अवस्था समेटेर विज्ञापनको इतिवृत्तान्त र यस पेशा र क्षेत्रप्रति आफ्नो अनुभव समेत समेटेर एक पुस्तक ‘वेलकम आरोह अवरोह’ प्रकाशन गर्नुभएको थियो ।