४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लुकाउनै नसकिने व्यथा

लुकाउनै नसकिने व्यथा
अ+ अ-

केही वर्षअघि काठमाडौंको मोडेल अस्पतालमा फिस्टुलासम्बन्धी छलफल हुँदा धादिङकी एक महिलाले भनेकी थिइन्, ‘मलाई ०६४ मा लामो व्यथा लागेर सन्तान भयो । तर, केही समयपछि मेरो शरीरबाट दिसा र पिसाब आफै निस्किन थाल्यो ।

काठमाडौं आएर देखाउँदा पनि ठीक भएन । मलाई त ठीक भएन भन्दा डाक्टरले यहाँभन्दा बढी गर्न सकिन्न । तपाईंको भाग्य नै यस्तै हो भनेको सुनेर मलाई मर्नै मन लाग्यो । तर, मोडेल अस्पतालमा सित्तैमा यो रोगको उपचार हुन्छ भनेपछि म आएँ र उपचार पनि भयो । मलाई त जिन्दगी यसरी सुकिलो भएर बाँच्न पाइएलाजस्तो पनि लागेको थिएन । अर्को जिन्दगी पाएजस्तो लाग्यो ।’

महिलालाई प्रसूति हुने क्रममा लामो समयसम्म सुत्केरी व्यथा लाग्यो भने भ्रूणको टाउकोले आमाको योनिमार्ग र पिसाबथैली वा मलाशयलाई लगातार च्यापेर वा थिचेर प्वाल पार्दा पिसाब बगिरहन्छ । यसरी बन्ने प्वाललाई प्रसव वा सुत्केरी फिस्टुला भनिन्छ ।

पाँच वर्षअघि एउटा स्वास्थ्य शिविरमा जाँदा फिस्टुलाको उपचार गराएकी एउटी महिलासँग भेट भएको थियो । उनको छैटौं बच्चा हुने क्रममा अस्पतालमा शल्यक्रिया गर्दा पाठेघर फुटेर बच्चा मरिसकेको रहेछ । त्यसपछि आमालाई पिसाब चुहिने समस्या सुरु भयो ।

उनले भनेकी थिइन्, ‘मलाई त पहिले धेरैले यो त रक्सी खाएर आँगनमा पिसाब फेरेर गन्हाएकी हो भन्थे । यो सुनेर म धेरै रुन्थें । पिसाब नहोस् भनेर म पानी कम पिउँथें । सात वर्षसम्म पीडा भोगेपछि बल्ल उपचार भयो । अहिले त पिसाब बग्ने धेरै कम भएको छ ।’

फिस्टुलाको व्यथा सहेका महिलाहरूका यी दुई प्रतिनिधि उदाहरण मात्र हुन् । धरानमा कार्यरत स्त्री रोग विशेषज्ञ डा.मोहनचन्द्र रेग्मीका अनुसार पिसाब चुहिरहने समस्या भएर उपचार नभएका महिलाहरू नेपालमा पाँच हजारदेखि १० हजारसम्म हुन सक्छन् । त्यस्ता महिलाको उपचारमा समस्यै छ, पैसा र ज्ञानको अभावमा महिलाहरू दुःख लुकाएर बस्छन् ।

विकसित देशहरूमा यो समस्या एकदमै कम छ । नेपालमा यो समस्याको कारणमध्ये कम उमेरमा विवाह, कुपोषण, सुत्केरी हुँदा जटिलता, गर्भावस्थामा गरिने स्याहारबारे जनचेतना अभाव र स्वास्थ्य उपचारमा सहज पहुँच नहुँदा जटिल अवस्थाका सुत्केरीलाई समयमा शल्यक्रिया गर्ने सुविधा नहुनु हो ।

स्त्री रोग विज्ञहरूका अनुसार प्रसव व्यथाले मात्र नभई कहिलेकाहीँ त चिकित्सकले शल्यक्रिया वा औजार प्रयोग गरी सुत्केरी गराउँदा दुर्घटनावश फिस्टुला हुन सक्छ । महिलाको योनिमा जटिल संक्रमण वा बलपूर्वक यौन सम्पर्क राख्दा पनि यो समस्या हुन सक्ने उनीहरूको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार एक हजार महिलामध्ये प्रसव हुँदा तीन जना यो समस्याबाट ग्रसित हुन्छन् । नेपालमा हरेक वर्ष दुई सयदेखि चार सय महिलामा यो समस्या देखापर्छ भन्ने अनुमान गरिएको छ ।

तर, यस्तो किसिमको समस्या लिएर उपचार गराउन अस्पताल पुग्ने महिलाहरू कमै छन् । किनभने यसको उपचार हुन्छ भन्ने पनि धेरैलाई थाहा छैन ।

प्रायः गरिब र दुर्गम गाउँमा बस्ने महिलाहरू बढी यो समस्याबाट पीडित छन् । उनीहरूलाई सहरको अस्पतालसम्म पुग्दा बस्न र खर्चको अभाव हुन्छ । १० वर्षअघि एउटी महिलालाई पाटन अस्पतालमा यो समस्याको उपचार गराउँदा ६० हजार रुपैयाँ तिर्नुपरेको थियो ।

रामेछापकी ती महिलाको फिस्टुलाको उपचार हुँदा तीन सातासम्म अस्पतालमा बस्नुपरेको थियो । विभिन्न व्यक्तिसँग पैसा उठाएर त्यो उपचार सफल भएको थियो । तर, त्यति धेरै पैसा गाउँका महिलाले तिर्न सक्दैनन् । हामीले धेरै जनासँग पैसा उठाउनुपरेको थियो ।

धेरै समुदायमा फिस्टुलाबारे जानकारी पनि छैन र नेपालका केही ठाउँमा मात्र सित्तैमा उपचार हुन्छ भन्ने पनि थाहा छैन ।

सुदूरका गाउँमा काम गर्ने स्वास्थ्यकर्मीलाई फिस्टुला र पाठेघर खस्ने र प्रजनन स्वास्थ्यसम्बन्धी तालिम दिन सकियो र उनीहरूले यस्तो बिरामीलाई उपचार गर्न कहाँ पठाउने भन्ने थाहा भए सहज हुने थियो । फिस्टुला भएकाहरूको जीवन नै बदलिन्थ्यो ।

अहिले मोडेल अस्पतालमा, धरान र सुर्खेतको उपक्षेत्रीय अस्पतालमा यसको निःशुल्क उपचार हुन्छ ।