६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन भाइरल भइरहेको छ मन्त्रीको यो तस्बिर ?



अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिम्खडाको एउटा तस्बिरले यतिबेला सामाजिक सञ्जाल निकै तताइरहेको छ । तस्बिरमा मन्त्री सिम्खडा मञ्चमा उभिएर भाषण गरिरहेको, मञ्च अगाडिको मैदान पुरै खाली रहेको र एक पुरुषले उनको तस्बिर खिचिरहेको देखिन्छ ।

यो तस्बिर पोखरा रंगशालामा शुक्रबार सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहको रहेको छ । कास्की जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा मन्त्री सिम्खडा प्रमुख अतिथिका रुपमा कार्यक्रममा गएकी थिइन् ।

उद्घाटन समारोहअघि मार्चपास गरिएको थियो । मार्चपासमा प्रतियोगितामा भाग लिने खेलाडी, विद्यार्थी, प्रशिक्षक लगायत धेरैको बाक्लो उपस्थिती थियो । औपचारिक उद्घाटन कार्यक्रम निर्धारित समयभन्दा ढिलो हुँदा कतिपय प्रतियोगिता कभर्ड हलमा सञ्चालन भइरहेको थियो ।

उद्घाटन समारोह लम्बिन थालेपछि सहभागीहरु भने एकएक गर्दै बाहिरिन थाले । मन्त्री सिम्खडाको बोल्ने पालो आएपछि मैदानमा केही संख्यामा सञ्चारकर्मीबाहेक अन्य उपस्थित रहेनन् ।

मन्तव्य दिइरहँदा उनका श्रीमान जनक बिसी तस्बिर खिच्न मञ्च अगाडि पुगेका थिए । विष्ट मन्त्री सिम्खडाका स्वकीय सचिवसमेत हुन् । देखिएको सो दृश्यले अहिले चर्चा कमाइरहेको छ ।