१२ श्रावण २०८३, मंगलवार
,
Latest
ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त सुरुङमार्ग सञ्चालनमा आएपछि पूर्वप्रधानमन्त्री खनालले भनेः ‘दूरदर्शी राष्ट्रिय संकल्प यथार्थमा परिणत भयो’ मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी अठार वर्षपछि पलेँटीमा मदनकृष्ण श्रेष्ठ, साथमा यमन श्रेष्ठ छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै मोरङमा डिजे प्रयोगमा प्रतिबन्ध नारायणी अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ? मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब राज्यबाट जोगिएर बाँच्न सक्नु नै ठूलो उपलब्धि होला जस्तो भयो – राप्रपा प्रवक्ता



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठले राज्यबाट जोगिएर बाँच्न सक्नु नै ठूलो उपलब्धि हुने अवस्था आएको बताउनु भएको छ ।

शुक्रबारको बालकुमारी घटनालाई लिएर प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीले तिन दिनअघि आफ्नो एक वर्षे कार्यकालमा सम्बोधन गरेको जनाउँदै कार्यशैली बदल्ने प्रतिबद्धता व्यक्त गरेपनि बालकुमारी घटनाले प्रधानमन्त्रीको कार्यशैलीमा थप प्रश्न उठाएको बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ –
प्रधानमन्त्रीले तिन दिनअघि आफ्नो एक वर्षे ‘असफल’ कार्यकालको फेहरिस्त सुनाउने क्रममा अब कार्यशैली बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । आज बालकुमारी घटनापछि प्रधानमन्त्री कुन कार्यशैलीमा जाँदै हुनुहुन्छ भन्ने प्रष्ट भएको छ । सम्भवतः यो शुरुआत मात्रै होला आगामी दिनमा यस्ता घटनाहरु कति भोग्नुपर्ने हो, कति सुन्नुपर्ने हो ! अब राज्यबाट जोगिएर बाँच्न सक्नु नै ठूलो उपलब्धि होला जस्तो भयो !
राज्यद्वारा हत्या गरिएका दुई यूवाप्रति हार्दिक श्रद्धान्जलि ।
अरु यूवाका सपना यसरी नमरुन् ।