२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सम्यमता गुमाई गोली प्रहार गरेर युवाको हत्या गर्नु गम्भीर चिन्ताको विषय – राप्रपा



file
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोरियाली भाषा सम्बन्धि इपिएस परीक्षामा सहभागिताको विषयलाई लिएर आन्दोलनमा उत्रिएका युवाहरु लक्षित प्रशासनको दमन र गोली प्रहार घटनाको खेद प्रकट गरेको छ ।

सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक वक्तव्य जारी गर्दै युवाहरु लक्षित प्रशासनको दमन र गोली प्रहारको घटना दुःखद, आपत्तिजनक र दुर्भाग्यपूर्ण रहेको जनाउनु भएको छ ।

स्वदेशमा गरि खान पाउने वातावरण नपाएका बेरोजगार यूवालाई सरकारले सम्यमता गुमाइ गोली प्रहार गरेर हत्या गर्नु गम्भीर चिन्ताको विषय रहेको राप्रपाको भनाई छ ।

इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा दुई युवाको हत्या गरेर सरकार स्वयंले परिस्थितिलाई उत्तेजित तुल्याएको भन्दै राप्रपाले घटनाको सत्यतथ्य छानविन गर्न, घाइतेको उपचार गर्न सरकारसँग माग समेत गरेको छ ।

साथै, प्रशासनिक दमनबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राप्रपाले परिवारजनमा समवेदना प्रकट समेत गरेको छ ।