५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सम्यमता गुमाई गोली प्रहार गरेर युवाको हत्या गर्नु गम्भीर चिन्ताको विषय – राप्रपा



file
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोरियाली भाषा सम्बन्धि इपिएस परीक्षामा सहभागिताको विषयलाई लिएर आन्दोलनमा उत्रिएका युवाहरु लक्षित प्रशासनको दमन र गोली प्रहार घटनाको खेद प्रकट गरेको छ ।

सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक वक्तव्य जारी गर्दै युवाहरु लक्षित प्रशासनको दमन र गोली प्रहारको घटना दुःखद, आपत्तिजनक र दुर्भाग्यपूर्ण रहेको जनाउनु भएको छ ।

स्वदेशमा गरि खान पाउने वातावरण नपाएका बेरोजगार यूवालाई सरकारले सम्यमता गुमाइ गोली प्रहार गरेर हत्या गर्नु गम्भीर चिन्ताको विषय रहेको राप्रपाको भनाई छ ।

इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा दुई युवाको हत्या गरेर सरकार स्वयंले परिस्थितिलाई उत्तेजित तुल्याएको भन्दै राप्रपाले घटनाको सत्यतथ्य छानविन गर्न, घाइतेको उपचार गर्न सरकारसँग माग समेत गरेको छ ।

साथै, प्रशासनिक दमनबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राप्रपाले परिवारजनमा समवेदना प्रकट समेत गरेको छ ।