• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

बालकुमारी घटनामा म र मेरो मन्त्रालयको कुनै सम्बन्ध छैन: मन्त्री ज्वाला



 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सरोकार सम्बन्ध नरहेको बताउनुभएको छ ।

शुक्रवार बालकुमारीमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।

मन्त्री ज्वाला भने आफू पार्टीको केन्द्रिय कमिटी बैठकमा आएको र आफूलाई छोडेर गाडी फर्किएपछि बाटोमा जलाइएको मात्रै जानकारी रहेको बताउनु हुन्छ । पार्टीको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग बालकुमारी घटनाबारे जानकारी दिँदै उहाँले बालकुमारी क्षेत्रमा भएको घटनाबारे दु:ख व्यक्त गर्दै घटनाका सम्बन्धमा आफूलाई जानकारी नरहेको बताउनु भयो । उहाँले घटनासँग आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार नरहेको बताउनु भयो । गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण नरहेको पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आज बालकुमारी क्षेत्रमा जुन घटना भयो, हाम्रो गाडीमा समेत आगजनी गरियो । यो घटनाप्रति दु:ख व्यक्त गर्दछु । मान्छेको ज्यान जाने कुरा र घाइते हुने कुरा पनि दु:खद् कुरा हो । आज बालकुमारीमा भएको घटनाका सम्बन्धमा हामीलाई न जानकारी छ, पूर्वजानकारी पनि छैन, न सम्बन्ध छ न सरोकार छ । हाम्रो मन्त्रालयसँग यसको कुनै सरोकार नै छैन । गाडी मन्त्रालयतिर गइरहेको बारेमा त्यहाँ गाडी रोकियो, गाडीको टायर खोसियो, गाडीमा आगो लगाइयो । बिना कारण, सम्बन्ध नभएको कुरामा सडकमा गाडी गुडिरहेको छ, जो जसको सरोकार जहाँ थियो, त्यो एउटा विषय होला । हाम्रो गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण छैन । गोली चल्ने कुरा, मान्छेलाई गोली लाग्ने कुरा, प्रहरी र प्रदर्शनकारीबीच भिडन्त हुनेकुरा धेरै त मलाई जानकारी छैन, गाडी आफ्नो बाटोमा मन्त्रालय गइरहेको बेलामा घेराउमा पर्‍यो र आगजनी गरियो । यो खेदजनक कुरा हो । अरु घटनाका सम्बन्धमा म धेरै जानकार छैन । हाम्रो मन्त्रालयको व्यक्तिगत रुपमा मेरो यो घटनामा कुनै सरोकार र सम्बन्ध केही छैन ।’

मन्त्री ज्वालाले गाडीमा आगजानी भएको बाहेक अन्य घटनामा आफू जानकार नरहेको बताउनु भयो ।