• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

गोलभेंडा उत्पादक कृषकहरुलाई मेगा बैंकको सहुलियत कर्जा



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

उक्त समझदारी अनुसार कर्मा समूहको सिफारिसमा मेगा बैंकले पहिलो चरणमा ५० जना कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । दोश्रो चरणमा देशका अन्य जिल्लाका कृषकहरुलाई पनि सहुलियतमा कर्जा उपलब्ध गराउने समझदारी भएको छ । इच्छुक कृषकहरुले आवश्यक काजगात पेश गर्नासाथ मेगा बैंकको नयाँ बानेश्वर शाखाले सहुलियत कर्जा उपलब्ध गराउने छ ।

 काठमाडौं उपत्यकासहित देशका बिभिन्न भागमा छिमेकी देशबाट तरकारी भित्रिरहेको अबस्थामा सहुलियत कर्जाबाट नेपाली कृषकहरुको उत्पादन लागत घट्नुका साथै बजारमा प्रतिस्पर्धा गर्न मद्दत मिल्ने, थप रोजगारी सिर्जना हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने मेगा बैंकको विश्वास छ ।