४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

महाकाली करिडोर: ब्रह्मदेव क्षेत्रको ‘इआइए’ दशकपछि स्वीकृत

महाकाली करिडोर: ब्रह्मदेव क्षेत्रको ‘इआइए’ दशकपछि स्वीकृत
अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरबाट उत्तर दार्चुला हुँदै चीनसित जोड्ने नाकाका रुपमा विकास गर्न विस्तार थालिएको महाकाली करिडोरको ‘जिरो प्वाइन्ट’ (ब्रह्मदेव क्षेत्र) को झण्डै बाह्र वर्षपछि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको छ ।

विसं २०६५ देखि शुरु भएको महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाको शुरुवात विन्दुमा अझै काम अघि बढ्न सकेको थिएन । महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाका इञ्जिनीयर राजकिशोर सिंहले योजनाको शुरुवात  बिन्दु ब्रह्मदेव क्षेत्रको रुख कटानको काम ‘इआइए’ नहुँदा लामो समयदेखि रोकिएको बताउनुभयो । “ईआइए स्वीकृत भएसँगै अब कामको ठेक्का प्रक्रिया नियमित गर्ने बाटो खुलेको छ”, इञ्जिनीयर सिंहले भन्नुभयो, “अब बोलपत्र आह्वान गरेर चाँडै काम अगाडि बढ्छ ।” 

कूल ४२५ किलोमिटर लम्बाइ भएको करिडोरअन्तर्गत ब्रह्मदेवदेखि जोगबुडासम्म ११ किलोमिटर क्षेत्र पर्छ । त्यहाँ पर्ने रुख कटान गरी योजनाको काम अघि बढाउन आइतबार मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । कञ्चनपुरको ब्रम्हदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुला र त्यसपछि चीनको ताक्लाकोट जोड्ने सडकअन्तर्गत बैतडी, दार्चुलाको हिकिला र सुन्सेरा क्षेत्रमा काम भइरहेको सिंहको भनाइ छ । ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म सडक निर्माणका लागि चालू आवमा रु ३२ करोड बजेट विनियोजन गरिएको छ । 

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले ब्रह्देव क्षेत्रको ठेक्का आह्वान गरेर योजना अघि बढाउन अब ढिलाइ गर्न नहुने बताउनुभयो । उहाँले मानसरोवर जाने भारतीय पर्यटकलाई मात्रै प्राथमिकतामा राख्ने सके यहाँ पर्यटकीय दृष्टिकोणले पनि सुदूरपश्चिम अग्रस्थानमा आउने बताउनुभयो । “करिडोर बनेपछि मानसरोवर जाने तीर्थयात्रुलाई धेरै सहज हुन्छ”, उहाँले भन्नुभयो, “त्यसपछि यहाँको धार्मिकसँगै आर्थिक विकासमा टेवा पुग्नेछ ।”

नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि महाकाली करिडोर सडक निर्माण योजनाको अवधारणा अगाडि सारिएको भए पनि करिडोरअन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुला क्षेत्रमा पनि निर्माणको गति भने सुस्त छ ।

तीन वर्षअघि महाकाली करिडोरअन्तर्गत चार जिल्लामा ट्रयाक खोल्न रु ५२ करोडमा ठेक्का सम्झौता भएको थियो । करिडोरअन्तर्गत डडेल्धुरामा ११ किलोमिटर, बैतडीमा ५७ किलोमिटर र दार्चुलामा कूल ६७ किलोमिटर सडक खण्डको ट्रयाक खुलेको छ ।

दार्चुला तिंकर सडकखण्डको कूल १३४ किलोमिटरमध्ये ठेक्का नलागेको ८७ किलोमिटर व्यास गाउँपालिका–२ कोठेधारदेखि तिंकरसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । योजना कार्यालयका इञ्जिनीयर सिंहले सेनाले पनि ट्रयाक खुलाउन जनशक्ति व्यवस्थापनलगायत तयारी गरिरहेको बताउनुभयो । “सेनाले पनि निर्माणस्थलमा कामको तयारी गर्न व्यवस्थापनमा जुटिरहेको देखिन्छ”, उहाँले भन्नुभयो, “करिडोरका लागि सैनिक जनशक्ति दार्चुला आइसकेकोे छ ।” रासस