२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.89

Wind: 1.03

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा सर्वदलीय सरकार आवश्यक: मुख्यमन्त्री कार्की



अ+ अ-

हेटौंडा । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा सर्वदलीय सरकार आवश्यक रहेको बताएका छन् ।

शुक्रबार हेटौँडामा पत्रकारहरुसँगको कुराकानीमा मुख्यमन्त्री कार्कीले आफू सर्वपक्षीय सरकारको पक्षमा रहेको बताएका हुन् ।

उनले प्रदेश सरकार विस्तारको लागि नेकपा एमालेसहितको दलहरूसँग छ्लफल जारी रहेको बताए । कोशीमा वर्तमान सर्वदलीय सरकार नै निरन्तर चल्ने भन्दै उनले प्रदेशमा रहेका दलहरुको सहमतीमा कोशी प्रदेश सरकारले पूर्णता पाउने बताए । प्रदेशको संवैधानिक अधिकारका विषयमा आफू मुख्यमन्त्री बन्दा भएका घटना क्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई छ ।

प्रदेश र स्थानीय तहका संवैधानिक अधिकारका विषयमा दबाब दिन छलफल भइरहेको र सो छलफलले सङ्घीय सरकार र सांसदलाई दबाबमूलक सन्देश प्रवाह हुने बताउदै कार्कीले भने, ‘संविधानले दिएको विषयलाई वास्ता नगर्ने तर पपुलर हुने नाउमा उत्पट्याङ प्रस्ताव ल्याउने काम वर्तमान प्रतिनिधिसभामा भैरहेको छ, डिसेन्टरलाइजलाई उनीहरूले पचाइरहेका छैन, यो विषयमा सात प्रदेशको मुख्यमन्त्रीको भेलामा जोडदार कुरा उठ्छ।’