२१ भाद्र २०८३, आईतवार
,
Latest
पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्ने भएको छ। बिहीबार देखी सुरु भएको केन्द्रीय कार्य समिति बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा सुरु भएको बैठकमा बिहीबार महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरु प्रस्तुत गरेका थिए।

समुदायमा कांग्रेस अभियानको कार्ययोजनाका सम्बन्धमा अर्का महामन्त्री गगनकुमार थापाले जानकारी गराएका थिए भने जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले जानकारी गराएका थिए।

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दिपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आ–आफ्नो धारणा राखिसकेका छन।

आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्नेक्रम जारी रहनेछ ।