११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

एनसेल शेयर खरिद बिक्री प्रकरणमा समितिको प्रतिवेदन आएपछि सरकारले आवश्यक निर्णय लिन्छ: मन्त्री शर्मा

एनसेल शेयर खरिद बिक्री प्रकरणमा समितिको प्रतिवेदन आएपछि सरकारले आवश्यक निर्णय लिन्छ: मन्त्री शर्मा
filephoto
अ अ+ अ-

काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेल शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निर्णय लिने बताउनुभएको छ ।

बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सञ्चार मन्त्री शर्माले एनसेल सेयर खरिद बिक्री प्रकरण छानविन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निर्णय लिने बताउनुभएको हो । उहाँले समितिले निर्धारित समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको बताउनु भयो । उहाँले कर छलिको प्रयत्न भएको अथवा कानून विपरित काम भएको पाइएमा कानूनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘कसैबाट कानुन विपरित काम भएको कुरा पुष्टि हुँदा, कर छलीको प्रयत्न भएको पाइएमा, गैर कानूनी काम भएका छन् भने जुनसुकै पनि कानुनको दायरामा आउन सक्ने स्थितिको आँकलन गरेर गर्नुपर्छ भन्ने प्रतिवद्धतासहित यो सरकारले समिति गठन गरेको हो । अहिले समिति अध्ययन, छानविनमै भइराखेको हुनाले ठ्याक्कै के भएको हो, के हुनेवाला छ भन्ने कुरा अहिले छिटो हुन्छ होला । समितिले आफ्नो समयसिमा भित्र काम सम्पन्न गर्ने नै प्रतिवद्धता व्यक्त गरेको छ । उसले काम सम्पन्न गर्न बित्तिकै हामी यसमा आवश्यक निर्णय लिनेछौँ । हाम्रो नियामक निकायमार्फत हामी यि काम गराउनेछौँ भन्ने कुरा जानकारी गराउन चाहन्छु ।’

मन्त्री शर्माले छानविन समितिले निर्भिकतापूर्वक र स्वतन्त्रतापूर्वक छानविन गरिरहेको बताउनु भयो । उहाँले समितिले सरोकारवाला सबै निकायहरुसँग समन्वयमा काम गरिरहेको बताउनु भयो । दूरसञ्चार प्राधिकरणले आफ्नो तर्फबाट गर्ने काम पनि गरिरहेको उहाँको भनाई छ । मन्त्रालयले पनि आवश्यक काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो । एनसेल नेपालको स्वामित्वमा आउनुपर्ने विषयमा पनि सरकार गम्भिर रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘समिति एउटा क्राइटएरिया, मापदण्डमा बनेको हुनाले समितिको काम हेरौँ । समितिको निष्कर्ष हेरौँ । धेरै दिन पनि बाँकी छैन । समितिप्रति राम्रो गरोस् भनेर चिन्ता गर्ने त ठिक छ । समितिको कामलाई पर्खौँ भन्ने मेरो पनि आग्रह छ । समितिले निर्भिकतापूर्वक, स्वतन्त्रतापूर्वक छानवीन गरिरहेको छ । सबै सरोकारवाला नियामक निकायसँग समन्वय गरिरहेको छ । एनटिएले गर्ने काम रोख्नुपनि पर्दैन । एनटिएले आफ्नो काम गरिरहेको छ । मन्त्रालयले आफ्नो काम गरिरहेको छ । हाम्रो निकायले काम गरिरहेको छ । एनसेल नेपालको स्वामित्वमा आउनुपर्ने विषयमा हामी पनि गम्भिर छौँ । यो समितिले कस्तो निष्कर्ष देला त ? समितिले दिने निष्कर्ष नेपाल राष्ट्र र नेपालको हित अनुकुल होला नहोला भन्नेमा चिन्ता गर्नु ठिक हुन्छ ।’

मन्त्री शर्माले दूरसञ्चार ऐन संशोधन गर्न मन्त्रालय लागि परेको पनि बताउनु भयो । उहाँले मन्त्रिपरिषद्बाट सो ऐन संशोधनका लागि सैद्धान्तिक स्वीकृति लिएर काम अगाडी बढाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो अध्ययन तथा छानविन समितिले दिएको जुन प्रतिवेदन प्राप्त हुनेछन् । उक्ता राय, सुझाव समेतको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीहरुको वातावरण निर्माण, थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा लगायतमा आवश्यक कदम चाल्नुपर्ने छ । हाम्रो दूरसञ्चार ऐन धेरै नै पुरानो छ । अहिलेको दूरसञ्चारको आवश्यकता अनुसारको कानून परिमार्जन गर्नुपर्नेछ, यसका निम्ति सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्बाट दूरसञ्चार ऐन संशोधनको निमित्त सैद्धान्तिक स्वीकृति पनि लिइसकेका छौँ । मन्त्रालय दूरसञ्चार ऐन तयारीको क्रममा छ । दूरसञ्चार ऐनमा भएका कतिपय छिद्रहरु छन् र टेलिकम क्षेत्रमा भएको विकासलाई अगाडी बढाउन नसक्ने खालको पनि भएको हुनाले त्यसलाई तुरुन्तै संशोधन गरेर अगाडी बढ्ने तयारी गरिरहेका छौँ ।’

उहाँले ऐनमा भएका छिद्रहरुलाई टालेर र दूरसञ्चारको क्षेत्रमा समय अनुकुलको विकासलाई अगाडी बढाउने गरी संशोधन गरिने जानकारी दिनुभयो ।