२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

‘मोटिभेसनल स्पिकर’ विवेक बिन्द्राले विवाह गरेको केही घण्टामै श्रीमती कुटे, कानको जाली फुटाएको आरोप

‘मोटिभेसनल स्पिकर’ विवेक बिन्द्राले विवाह गरेको केही घण्टामै श्रीमती कुटे, कानको जाली फुटाएको आरोप
अ अ+ अ-

एजेन्सी । युट्युबर तथा ‘मोटिभेसनल स्पीकर’ विवेक बिन्द्राविरुद्ध नोएडा सेक्टर–१२६ पुलिस स्टेशनमा उनकी श्रीमतीमाथि कुटपिट गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

विवेक बिन्द्रा र यानिका (विवेक बिन्द्रा पत्नी)बीच यही महिना डिसेम्बर ६ मा विवाह भएको थियो । बिहेको भोलिपल्ट अर्थात डिसेम्बर ७ गते बिहान बिन्द्रा र उनकी आमा प्रभाबीच चर्को झगडा भएको थियो । यसै क्रममा यानिका हस्तक्षेप गर्न अगाडि आएपछि बिन्द्राले कुटपिट गरेको आरोप छ ।

यस कथित हमलामा यानिका घाइते भएकी छिन् । यानिकाको दिल्लीको एक निजी अस्पतालमा उपचार भइरहेको छ ।

उनका जेठाजु वैभवले १४ डिसेम्बरमा विवेक बिन्द्राविरुद्ध उजुरी दिएका थिए । तर नोएडा पुलिसले मुद्दा दर्ता भएपछि तत्काल कुनै कारबाही गरेन र अहिले आरोपी विवेक बिन्द्रा फरार छन् । उनको खोजी भइरहेको छ ।

एफआईआरका अनुसार बिन्द्राले कथित रूपमा यानिकालाई कोठाभित्र लगेर कपाल तानेर कुटपिट गरेका थिए । बिन्द्राले आफ्नो फोन पनि तोडेको आरोप छ । यानिकालाई यति हदसम्म कुटेको आरोप छ कि उनको कानको जाली समेत फुटेको छ । मुद्दा दर्ता भएपछि प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ ।