२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससले अवधी भाषामा समाचार सुरु गर्ने



अ+ अ-

खजुरा । राष्ट्रिय समाचार समिति (रासस)ले अवधी भाषामा समाचार सेवा सुरुआत गर्ने भएको छ । यसका लागि राससले नेपालगञ्ज उपमहानगरपालिका, बाँकेसँग सम्झौता गरेको छ ।

राससका प्रशासन प्रमुख शीतलप्रसाद महतो र उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले सम्झौतापत्रमा आज हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार राससले हप्ताको छ दिन अवधी भाषामा समाचार सम्प्रेषण गर्नेछ । यसबाट अवधी भाषाका सञ्चारमाध्यम र भाषाभाषी लाभान्वित हुने विश्वास गरिइएको छ ।

लुम्बिनी प्रदेशअन्र्तगतका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा अवधीभाषी समुदायको बाहुल्य रहेको र उनीहरुको मातृभाषालाई संरक्षण र सम्वर्द्धन गर्न सो सेवा प्रभावकारी हुने राससले विश्वास लिएको छ ।

बाँके जिल्ला अवधी भाषीको बाहुल्य क्षेत्र भएको र यस उपमहानगरपालिकामा रहेका सञ्चारमाध्यममार्फत समुदायको सशक्तिकरण हुने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।

सो अवसरमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्काले भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न यस सेवाबाट टेवा पुग्ने उल्लेख गर्नुभयो । राससका प्रशासन प्रमुख महतोले यो सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले सहयोग गरेकामा धन्यवाद दिनुभयो । तत्काल यो सेवाको शुभारम्भ गरिने उहाँले जानकारी दिनुभयो । रासस




भर्खरै