२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मलाई रणवीर सिंहका सुरुका फिल्महरू मन पर्दैनथ्यो’



अ+ अ-

एजेन्सी । फिल्म ‘केजीएफ’को ब्लकबस्टर सफलतापछि यश निकै लोकप्रिय भए । सन् २०१८ मा प्रशान्त नीलको निर्देशनमा बनेको यो फिल्मले बक्स अफिसमा ठूलो कमाई गरेको थियो ।

फिल्मको दोस्रो भाग सन् २०२२ मा रिलिज भएको थियो । यसलाई पनि दर्शकले निकै रुचाए । यशको भूमिकालाई मानिसहरूले यति धेरै मन पराए कि आज पनि उनलाई ‘रकी भाइ’ भन्ने गर्छन् ।

केजीएफ फिल्मको प्रमोशनल कार्यक्रममा यशलाई आफ्नो मनपर्ने हिन्दी फिल्म कलाकारहरूको बारेमा सोधिएको थियो । यशले आफूलाई रणवीर सिंहको सुरुको काम मन नपरेको खुलासा गरेका थिए । अर्कोतर्फ उनलाई रणवीर कपुर अलि निराश र विचलित लाग्दथ्यो ।

ईटिभी भारत फिल्म्स एण्ड टिभीसँगको कुराकानीमा यशले आफ्ना मनपर्ने कलाकारका बारेमा खुलेर कुरा गरे । उनले भने– ‘अमिताभ बच्चन र शाहरुख खान सधैं मेरा मनपर्ने कलाकार हुन् । मलाई दुबैको काम असाध्यै मन पर्छ । म दुबैको धेरै प्रशंसा गर्छु । रणवीर कपुर र रणवीर सिंह पनि अचम्मका कलाकार हुन् ।’

उनले थप भने –
साँच्चै भन्नुपर्दा, पहिले मलाई रणवीर सिंहको काम मन पर्दैनथ्यो । तर सञ्जय लीला भन्सालीसँग उनको फिल्म ‘बाजीराव मस्तानी’ हेरेदेखि मलाई मन पर्न थाल्यो । २०१८ मा रिलिज भएको ‘पद्मावत’ मा रणवीर अचम्मका थिए । जहाँसम्म रणबीर कपूरको सवाल छ– मैले उनको काम हेरेँ, र रणबीर पनि धेरै राम्रो अभिनेता हुन् । यद्यपि मलाई थाहा छैन, केहि समयको लागि मलाई उनी अलि निराश र विचलित भएको महसुस भयो, तर २०१८ को फिल्म ‘सन्जु’मा रणवीर अचम्मको देखिएका थिए ।

केजीएफ फेम यशले हालै आफ्नो आगामी फिल्मको नाम घोषणा गरेका छन् । उनले आफ्नो अर्को प्रोजेक्टको नाम ‘टक्सिक’ हुने बताए । गीतु मोहन्दाले फिल्मको निर्देशन गर्नेछन् । यो फिल्म २०२५ मा रिलिज हुनेछ । मिडिया रिपोर्टका अनुसार फिल्ममा यशसँगै साई पल्लवी पनि देखिनेछिन् ।

यशको अर्को प्रोजेक्ट गोवाको पृष्ठभूमिमा आधारित हुनेछ। केजीएफ जस्तै यो पनि एक पिरियड क्राइम ड्रामा हुनेछ । ६० को दशकमा गोवामा रुसी र ड्रग्स माफियाको घुसपैठ थियो । यशको क्यारेक्टरले रुसको वर्चस्वलाई कसरी चुनौती दिन्छ भन्ने कुरामा फिल्मको कथा घुम्नेछ ।

केजीएफ सिरिज जस्तै यो फिल्म पनि एक्शन थ्रिलर हुनेछ । श्रोतका अनुसार यस फिल्ममा यश आफैं पनि निर्माता हुनेछन् । यो पनि १०० करोडभन्दा माथिको बजेटमा समेटिएको छ । यशलाई फिल्मको कथा यति धेरै मन परेको छ कि उनले अन्य प्रोजेक्टलाई छेउमा राखेर अहिले आफ्नो सम्पूर्ण ध्यान यसैमा केन्द्रित गरेका छन् । ड्रग्स र रुसी माफियाको साथमा हिप्पी संस्कृति जे थियो त्यो सबै फिल्ममा देखाइनेछ ।




भर्खरै