• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

नेप्से परिसूचकमा २१ अङ्कको गिरावट



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव शुन्य तीन अङ्कले ओरालो लागेर दुई हजार ८८ दशमलव शुन्य सातमा सिमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २९ अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव ३३ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कूल एक करोड ८५ लाख ८९ हजार तीन सय ७९ कित्ता शेयर रू सात अर्ब ११ करोड १७ लाख ३३ हजार आठ सय २९ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू ३० करोड ४३ लाख २८ हजार बराबरको कारोबार भएको छ ।

त्यस्तै, हाथवे इन्भेस्टमेन्ट रू २९ करोड ५० लाख नौ हजार पाँच सय ९४, सोनापुर मिनरल्स रू २८ करोड १९ लाख ४५ हजार सात सय, घोराही सिमेन्ट रू २२ करोड ५२ लाख २२ हजार र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको रू १९ करोड तीन लाख ७२ हजार आठ सय बराबरको शेयर कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल, कालिका पावर, सामलिङ पावर, बिपीडब्ल्यू लघुवित्त, चिर्खवा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्यज्योती लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, ज्योति विकास बैंकको ऋणपत्र र नेपाल रिपब्लिक मिडियाको शेयर मूल्यमा १० प्रतिशतले गिरावट आई नकारात्मक सर्किट लागेको छ ।

हाथवे इन्भेस्टमेन्ट नौ दशमलव ८५, आँखु खोला जलविद्युत् कम्पनी नौ दशमलव १७ र हिमालयन डिस्टिलरीको शेयरधनीले छ दशमलव ८७ प्रतिशतले गुमाएका छन् । रासस