• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   किन घट्न सकेन उच्च मातृ मृत्युदर ? ★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ)

यही कुशासनको दुष्चक्र भित्रबाट देश विकासको सपना देख्न सकिँदैन: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन कुशासन र भ्रष्टाचारको दुष्चक्रमा फसेको बताउनुभएको छ ।

नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले यात्राको क्रममा भ्रष्टाचार विकास आयोजनको पर्याय जस्तै बनेको बताउनुभयो ।

भ्रष्टाचार, कमिसन र अनियमितताको कारण विकास र समृद्धिको काम ठप्प भएको ओलीको भनाइ छ । ‘यही कुशासनको दुष्चक्र भित्रबाट देश विकासको सपना देख्न सकिँदैन’, उहाँले भन्नुभयो । सुखी नेपाली समृद्धि नेपाल नेकपा एमालेले आफ्नो आकांक्षाको रूपमा लिएकोले यसलाई पूरा गरेरै छाड्ने उहाँले दाबी गर्नुभयो । लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र सुशासनको पक्षमा नेकपा एमाले निरन्तर लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यात्राको क्रममा नेकपा एमालेको देश र जनता प्रतिको बुझाइ निक्कै फराकिलो भएको उहाँले बताउनुभयो । कुनै पनि विश्वविद्यालयबाट प्राप्त गर्न नसक्ने ज्ञान यात्राको क्रममा प्राप्त भएको उहाँले प्रष्ट पार्नुभयो ।