२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आफ्नो सन्यासको निर्णय धोनी आफैँले लिनेछन्’



अ+ अ-

एजेन्सी । चेन्नई सुपर किंग्सका सीईओ काशी विश्वनाथनले महेन्द्र सिंह धोनीको फिटनेसको बारेमा अपडेट दिएका छन् । धोनी आईपीएल २०२४ भन्दा पहिले पूर्ण रूपमा फिट हुनेछन् । धोनी पुनर्वास गर्दै छन् । उनले १० दिनपछि नेटमा अभ्यास सुरु गर्नेछन् ।

आईपीएल २०२३ को सुरुवातमै धोनीलाई घुँडाको चोट लागेको थियो । उनी आईपीएलभर पट्टी लगाएर मैदानमा खेलिरहेको देखिन्थे । धोनीले आफ्नो कप्तानीमा चेन्नईलाई पाँचौं पटक आईपीएलको उपाधि दिलाएका थिए ।

फाइनलमा चेन्नईले गुजरात टाइटन्सलाई हराएको थियो । आईपीएलको लगत्तै धोनीको मुम्बईस्थित कोकिला बेन अस्पतालमा घुँडाको शल्यक्रिया गरिएको थियो ।

काशी विश्वनाथनले धोनी आफैँले आईपीएलबाट सन्यासको घोषणा गर्ने बताएका छन् । उनले सन्यासबारे कसैलाई केही भनेनन् । ‘जब समय आउँछ उनी आफैँ भन्नेछन् ।’ विश्वनाथनले भने ।

गत सिजनको खेलमा धोनी जहाँ गए पनि उनलाई समर्थन गर्न पहेँलो जर्सी लगाएर फ्यानहरु रंगशालामा पुगेका थिए । उनले पटक–पटक उनको अन्तिम आईपीएल हुनसक्ने संकेत दिँदै आएका छन् ।

धोनीले यो निर्णय पछि लिनेछन् । चेन्नईले आईपीएल २०२४ मा धोनीलाई रिटेन गरेको छ । उनी यो सिजन पनि टिमको कप्तानीमा देखिनेछन् ।

आगामी सिजनको तयारीका सम्बन्धमा काशीले यस टोलीको तयारी अर्को वर्ष मार्चको पहिलो साताबाट चेन्नईमा सुरु हुने र मार्चको पहिलो हप्तामा शिविर आयोजना गर्ने योजना रहेको बताए ।