४ मंसिर २०८१, मंगलवार
,
Latest
कर बक्यौता बर्सेनि बढ्दोः दुई खर्ब ५४ अर्ब उठाउन बाँकी, एक हजार सात सय ५०… खाद्यवस्तुको मूल्यवृद्धि उच्चः राष्ट्र बैंक प्रतिवेदन कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट पाँच उदयीमान खेलाडी छनोट गर्यो रास्वपाले सरकारविरुद्ध टोल–टोलमा ७ मिनेट घन्टी बजाउने विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीबाट सम्मानित छविलाल जोशीलाई काठमाडौँ ल्याइँदै डोटी सवारी दुर्घटनाः क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानूनी प्रवन्ध गर्दैछौँः मन्त्री दाहाल तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो दुर्गा प्रसाईंलाई स्वास्थ्य चेकजाँचका लागि अस्पताल लगियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोज राणा बने चलचित्रकर्मीबाट पहिलो मन्त्री



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्रकर्मी तथा नेपाली कांगेसका सांसद रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् ।

आइतबार राणाले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

पहिलोपटक मन्त्री बनेका निर्माता, नायक तथा अभिनेता राणा प्युठानबाट प्रदेश सभा सदस्यमा भएका थिए । राणा कांग्रेस सभापति शेरबहादुर देउवाका निकट मानिन्छन् ।

राणा नेपाल चलचित्र निर्माता सङ्घको पूर्व महासचिव समेत हुन् । करिब दुई दशकदेखि फिल्म क्षेत्रमा आबद्ध उनले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘महान्’, ‘टक्कर दुई मुटुको’, ‘मन छु नि तिम्रो’ लगायतका फिल्म निर्माण गरेका छन् ।