८ पुष २०८१, सोमबार
,
Latest
रोशीका वडाध्यक्ष लामाको निधन युवाहरुले नेपालमा सुरिक्षत भविष्य देख्न छाडे, कन्भिन्स गरौंः नेता रिजाल पत्रकारिता सरकारलाई खबरदारी गर्न नरोकिने आन्दोलन होः जनार्दन शर्मा छोरासँगै मृत भेटिएका हुलाक कार्यालयका हाकिम आचार्य बिदा लिएर खोटाङबाट आएका थिए सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको आग्रह नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो विश्वमै प्रजातन्त्रको क्षयिकरण भइरहेको छः प्रथम राष्ट्रपति यादव त्रिभूवन विमानस्थलको सुधारको कार्ययोजना १५ दिनभित्र पेश गर्न मन्त्री पाण्डेको निर्देशन ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका समस्या समाधानका लागि नयाँ ऐन ल्याउँदैछु: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले डेढ वर्षभित्र पूरै देश उज्यालो हुने दाबी गर्नुभएको छ ।

शनिवार जनतासँग माओवादी विशेष रुपान्तरणअन्तर्गत काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले डेढ वर्षभित्र एउटा पनि घर विद्युत नपुगेको नरहने जिकिर गर्नुभयो । उहाँले डेढ वर्षभित्र सारा देश उज्यालो बनाउने लक्ष्यका साथ आफूहरुले काम गरिरहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गरेको भएपनि त्यसको प्रचार गर्न नसकेको बताउनु भयो । उहाँले लोडसेडिङको अन्त्य गरी आफूले नै नेपाललाई उज्यालो नेपालको नयाँ युगमा प्रवेश गराएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दोस्रो प्रधानमन्त्रीत्व कालमा लोडसेडिङ अन्त्य । मैले जनार्दनलाई उर्जामन्त्री बनाएपछि, कुलमानलाई एमडी बनाएपछि र हामी सबै मिलेर यो स्थितिको अन्त्य गर्नुपर्छ भनेपछि लोडसेडिङको अन्त्य गरिएको हो । उज्यालो नेपालको नयाँ युगमा प्रवेश गरिएको हो । तर हामीले यत्ति ठूलो चिज पनि राम्रोसँग बिक्री गर्न सकेनौँ । अरुले नगरेको काम पनि गरेको जस्तो गरी प्रचार गर्छन्, हामीले गरेको पनि राम्रोसँग भन्न सकिएन । अहिले तेस्रो पटक म प्रधानमन्त्री हुँदै गर्दा अब सिंगै देशमा एउटा पनि घर विद्युत नपुगेको रहनेछैन । डेढ वर्षभित्र पूरै देश उज्यालो हुनेछ । यो लक्ष्यसहित हामी अघि बढेका छौँ ।’

प्रधानमन्त्री दाहालले भूमि सम्बन्धी, सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका समस्या समाधानका लागि चाँडै नै नयाँ ऐन जारी गर्न लागेको बताउनु भयो । उहाँले नयाँ ऐन जारी गर्नका लागि राजनीतिक सहमति जुटिसकेको र रकारमा पनि छलफल भइसकेको बताउनु भयो । प्रधानमन्त्री दाहालले नयाँ ऐन आएसँगै लालपूर्जा वितरणको एउटा नयाँ अभियान शुरु हुने उद्घोष गर्नुभयो । ५० औं वर्षदेखिका अव्यवस्थित बसोवासीका, स्ववासीका समस्या समाधान गर्ने ढंगले ऐनको व्यवस्था भइरहेको बताउनु भयो । उहाँले ऐनमा भएका केही त्रुटीका कारणले यो समस्या आइरहेको र अहिले आफूले समस्या फुकाउन लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो यो देशका सबै उत्पीडित, वर्ग, जाति, क्षेत्र, समुदायको हक अधिकारका लागि इमान्दारितापूर्वक लड्ने पार्टी भनेको माओवादी नै हो । माओवादीलाई दरोसँग सहयोग गर्नुपर्छ भन्ने एउटा नयाँ संस्कृति, नयाँ प्रवृत्ति, नयाँ जागरण जनतामा आउँदै गरेको मैले देखेको छु । सबैको साथ रह्यो भने अर्को पटकको चुनाव माओवादीले जित्छ । बुढानीलकण्ठमा खहरेको समस्या भनेर राख्नुभयो, सुकुम्वासीको समस्या भनेर राख्नुभयो । अव्यवस्थित बसोवासीको समस्या भनेर राख्नुभएको छ, यति नजिकै भएर पनि सांस्कृतिक धरोहरका ब्राण्डिङ गर्न सकिएको छैन । भूमि सम्बन्धी समस्या र सुकुम्वासीको समस्या वा अव्यवस्थित बसोवासीको समस्या र स्ववासीको समस्या काठमाडौं, ललितपुर र भक्तपुरमा स्ववासीको समस्या पनि एउटा ठूलै समस्याको रुपमा रहेको छ । त्यसको हल गर्नको निमित्त मैले नयाँ ऐन तुरुन्तै ल्याउँदै छु । लालपूर्जा वितरणको एउटा नयाँ अभियान शुरु हुँदैछ । म तपाईहरुलाई यो विश्वास दिलाउन चाहन्छु । यो समस्याको समाधान गर्न एक वर्षदेखि पहल गर्दा ऐनमा भएका केही त्रुटीका कारणले रोकिएको थियो । उपत्यका बाहेकका बाँकी जिल्लामा वन र भूमि ऐन आपसमा बाझिँदा यो समस्या थियो । त्यो गाँठो यस पटक मैले फुकाउँदैछु । त्यसमा राजनीतिक सहमति जुटिसकेको छ, सरकारमा चर्चा भइसकेको छ, छिटै नै तपाईले देख्नुहुनेछ, ५० औं वर्षदेखिका समस्या, अव्यवस्थित बसोवासीका, स्ववासीको समस्या समाधान गर्ने ढंगले ऐनको व्यवस्था हुँदैछ ।’

प्रधानमन्त्री दाहालले देशका सबै उत्पीडित, वर्ग, जाति, क्षेत्र, समुदायको हक अधिकारका लागि इमान्दारितापूर्वक लड्ने पार्टी माओवादी भएको बताउनु भयो । सबैको साथ रहेमा अर्को पटकको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्ने बताउनु भयो ।