११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका समस्या समाधानका लागि नयाँ ऐन ल्याउँदैछु: प्रधानमन्त्री

सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका समस्या समाधानका लागि नयाँ ऐन ल्याउँदैछु: प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले डेढ वर्षभित्र पूरै देश उज्यालो हुने दाबी गर्नुभएको छ ।

शनिवार जनतासँग माओवादी विशेष रुपान्तरणअन्तर्गत काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले डेढ वर्षभित्र एउटा पनि घर विद्युत नपुगेको नरहने जिकिर गर्नुभयो । उहाँले डेढ वर्षभित्र सारा देश उज्यालो बनाउने लक्ष्यका साथ आफूहरुले काम गरिरहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गरेको भएपनि त्यसको प्रचार गर्न नसकेको बताउनु भयो । उहाँले लोडसेडिङको अन्त्य गरी आफूले नै नेपाललाई उज्यालो नेपालको नयाँ युगमा प्रवेश गराएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दोस्रो प्रधानमन्त्रीत्व कालमा लोडसेडिङ अन्त्य । मैले जनार्दनलाई उर्जामन्त्री बनाएपछि, कुलमानलाई एमडी बनाएपछि र हामी सबै मिलेर यो स्थितिको अन्त्य गर्नुपर्छ भनेपछि लोडसेडिङको अन्त्य गरिएको हो । उज्यालो नेपालको नयाँ युगमा प्रवेश गरिएको हो । तर हामीले यत्ति ठूलो चिज पनि राम्रोसँग बिक्री गर्न सकेनौँ । अरुले नगरेको काम पनि गरेको जस्तो गरी प्रचार गर्छन्, हामीले गरेको पनि राम्रोसँग भन्न सकिएन । अहिले तेस्रो पटक म प्रधानमन्त्री हुँदै गर्दा अब सिंगै देशमा एउटा पनि घर विद्युत नपुगेको रहनेछैन । डेढ वर्षभित्र पूरै देश उज्यालो हुनेछ । यो लक्ष्यसहित हामी अघि बढेका छौँ ।’

प्रधानमन्त्री दाहालले भूमि सम्बन्धी, सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका समस्या समाधानका लागि चाँडै नै नयाँ ऐन जारी गर्न लागेको बताउनु भयो । उहाँले नयाँ ऐन जारी गर्नका लागि राजनीतिक सहमति जुटिसकेको र रकारमा पनि छलफल भइसकेको बताउनु भयो । प्रधानमन्त्री दाहालले नयाँ ऐन आएसँगै लालपूर्जा वितरणको एउटा नयाँ अभियान शुरु हुने उद्घोष गर्नुभयो । ५० औं वर्षदेखिका अव्यवस्थित बसोवासीका, स्ववासीका समस्या समाधान गर्ने ढंगले ऐनको व्यवस्था भइरहेको बताउनु भयो । उहाँले ऐनमा भएका केही त्रुटीका कारणले यो समस्या आइरहेको र अहिले आफूले समस्या फुकाउन लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो यो देशका सबै उत्पीडित, वर्ग, जाति, क्षेत्र, समुदायको हक अधिकारका लागि इमान्दारितापूर्वक लड्ने पार्टी भनेको माओवादी नै हो । माओवादीलाई दरोसँग सहयोग गर्नुपर्छ भन्ने एउटा नयाँ संस्कृति, नयाँ प्रवृत्ति, नयाँ जागरण जनतामा आउँदै गरेको मैले देखेको छु । सबैको साथ रह्यो भने अर्को पटकको चुनाव माओवादीले जित्छ । बुढानीलकण्ठमा खहरेको समस्या भनेर राख्नुभयो, सुकुम्वासीको समस्या भनेर राख्नुभयो । अव्यवस्थित बसोवासीको समस्या भनेर राख्नुभएको छ, यति नजिकै भएर पनि सांस्कृतिक धरोहरका ब्राण्डिङ गर्न सकिएको छैन । भूमि सम्बन्धी समस्या र सुकुम्वासीको समस्या वा अव्यवस्थित बसोवासीको समस्या र स्ववासीको समस्या काठमाडौं, ललितपुर र भक्तपुरमा स्ववासीको समस्या पनि एउटा ठूलै समस्याको रुपमा रहेको छ । त्यसको हल गर्नको निमित्त मैले नयाँ ऐन तुरुन्तै ल्याउँदै छु । लालपूर्जा वितरणको एउटा नयाँ अभियान शुरु हुँदैछ । म तपाईहरुलाई यो विश्वास दिलाउन चाहन्छु । यो समस्याको समाधान गर्न एक वर्षदेखि पहल गर्दा ऐनमा भएका केही त्रुटीका कारणले रोकिएको थियो । उपत्यका बाहेकका बाँकी जिल्लामा वन र भूमि ऐन आपसमा बाझिँदा यो समस्या थियो । त्यो गाँठो यस पटक मैले फुकाउँदैछु । त्यसमा राजनीतिक सहमति जुटिसकेको छ, सरकारमा चर्चा भइसकेको छ, छिटै नै तपाईले देख्नुहुनेछ, ५० औं वर्षदेखिका समस्या, अव्यवस्थित बसोवासीका, स्ववासीको समस्या समाधान गर्ने ढंगले ऐनको व्यवस्था हुँदैछ ।’

प्रधानमन्त्री दाहालले देशका सबै उत्पीडित, वर्ग, जाति, क्षेत्र, समुदायको हक अधिकारका लागि इमान्दारितापूर्वक लड्ने पार्टी माओवादी भएको बताउनु भयो । सबैको साथ रहेमा अर्को पटकको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्ने बताउनु भयो ।