• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता ★   कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्ने, केदार कार्की अदालत जाँदै ★   अठार वर्षपछि सडक कालोपत्र ★   ५ सय १९ जना इन्स्पेक्टरको एकै पटक सरुवा, को कहाँ ? ★   नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै ★   तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी ★   देशभर नै बदली, कोशी प्रदेशमा हावाहुरीसहित वर्षा हुँदै ★   खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना ★   कोशी प्रदेशमा छैठौं पटक सरकार गठनका लागि आह्वान ★   हैदरावादले लखनउलाई १० विकेटले हरायो, आईपीएल इतिहासमा १५० माथिको स्कोरको सबैभन्दा छिटो रन चेज

युवाहरुले सपना पूरा गर्न विदेश जानुपर्दैन: अर्थमन्त्री डा.महत



file photo

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरुको सपना पूरा गर्ने अवसर नेपालमा नै रहेको बताउनुभएको छ ।

शनिवार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट, २०२३ कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताउनुभएको हो । उहाँले युवाहरुको हरेक सपना पूरा गर्ने अवसर नेपालमा रहेको भन्दै सपना पूरा गर्न विदेशमा नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपालको क्षेत्रको विकास गर्न बाँकी रहेकाले युवाहरुलाई मुलुकभित्रै अवसर नै अवसर रहेको उल्लेख गर्नुभयो । उहाँले कक्षा १२ अध्ययन सकेर विदेशै जानुपर्छ भन्ने मान्यतालाई अब युवाहरुले नै सचेतना अभियान चलाउन आवश्यक रहेको बताउनु भयो । उहाँले ठूला विकसित देशमा ठूलो नयाँ इनोभेसन भए मात्रै नेपाली युवाले अवसर पाउने बताउनु भयो । उहाँले नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपाल भित्रै केही गर्न सकिन्छ भन्ने हिसावमा युवाहरुले सुक्ष्मदृष्टिले हेर्न आवश्यक रहेको बताउनु भयो । उहाँले स्टार्टअप उद्योगको लागि सरकारले बजेटमार्फत सहुलियत समेत दिएको बताउनु भयो। अर्थमन्त्री महतले नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले युवाहरु सो क्षेत्रतर्फ लाग्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको आइटी विदेशमा निर्यात भइरहेको भन्दै आगामी दिनमा निर्यात अझ बढ्ने अवस्था रहेको बताउनु भयो । उहाँले सरकारले पनि आईटी क्षेत्रको प्रवद्र्धन गर्दै लैजाने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आइटी क्षेत्रमा निर्यात वृद्धि भइरहेको छ । अझ बढ्ने अवस्था छ । आइटीको मुलुकभित्र संस्थागत विकासमा युवाहरुको ठूलो भुमिका हुन्छ । पछिल्लो समय युवाहरु विदेश जाने प्रणाली विकास भएको छ । त्यसलाई रोक्न पनि आइटी क्षेत्रको प्रवद्र्धन गर्न आवश्यक छ । अहिले ४० प्रतिशत भन्दा बढी युवा आइटी क्षेत्रमा जोडिनुभएको छ । आइटीमा लागेका युवाहरुले अरु युवाहरुलाई पनिसँगै लिएर जानु मेरो अनुरोध छ । अध्ययनको लागि पूर्ण छात्रवृत्ति आउँछ भने अध्ययनको लागि जान आवश्यक हुन्छ । तर कुनै छात्रवृति छैन र आकर्षण रुपमा विज्ञापन गरेको आधारमा युवाहरु विदेश गइरहेका छन् । त्यहाँ गएकाहरुको बेहाल छ । विदेशमा सबैको लागि सहज छैन । अहिले १२ कक्षादेखि बाहिर जाने क्रम चलेको छ । युवाहरुले नै यसलाई रोक्नु अग्रसर हुनुपर्छ ।’

‘विदेशमा गएकाहरु सबैको राम्रो अवस्था नभएको भन्दै विदेश जान रोक्न सचेतना अभियान युवाहरुले गर्नुपर्छ । नेपालमा नै धेरै अवसरहरु छन् । ठूला विकसित देशमा ठूलो नयाँ इनोभेसन भयो भने मात्रै अवसर हुन्छ । त्यहाँ धेरै अवसर हुँदैन । नेपालमा अझै धेरै गर्न बाँकी भएको हुनाले धेरै अवसरहरु पनि नेपालमा नै छ । अहिले नेपालमा केही काम छैन । विदेशमा मात्रै छ भन्ने नकारात्मक माइन सेनमा प्रचार भइरहेको छ । युवाहरुको सपना पूरा गर्ने अवसरहरु नेपालमा नै छ । सुक्ष्मदृष्टिले हेर्न आवश्यक छ । दृष्टिकोण नै बाहिर जाने राखेर हेर्नु भएन । अर्थतन्त्र सुधार हुँदै गएको छ । जम्मा भएको पुँजीलाई चलमायन बनाउन आवश्यक छ। सरकारले मौद्रिक र आर्थिक नीतिमा प्राथमिकताको आधार खुला गर्दै गएको छ ।’

उहाँले विभिन्न समस्याबाट गुज्रिएको अर्थतन्त्र सकारात्मक रुपमा सुधार हुँदै गएको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको भन्दै अब जम्मा भएको पुँजीलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै सरकारले त्यही विषयमा केन्द्रित रहेको बताउनु भयो ।