२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र एउटा संकटमा उभिएको छ: सभापति देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताउनुभएको छ ।

शनिवार पार्टीको वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गर्नुभयो । उहाँले अहिलेको बेला सबैले मिलेर र खासगरी काँग्रेसले नेतृत्वदायी भुमिकामा बसेर काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशीतामा आधारित व्यवस्था भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले राष्ट्र एउटा दोधारमा उभिएको छ, राष्ट्र एउटा संकटमा उभिएको छ । अहिलेको बेला हामी सबैले मिलेर काँग्रेसले खासगरी नेतृत्वदायी भुमिकामा बसेर हामीले नेपाललाई जो अहिले समावेशी, समानुपातिक व्यवस्था गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था हामीले नेपालमा स्थापित गरेका छौँ । यो अत्यन्तै महत्वपूर्ण कुरा हो । यद्यपि यो समानुपातिक समावेशीको कारणले सम्पूर्ण नेपालीहरु आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको प्रतिनिधित्व हुने व्यवस्था स्थापित गरेका छौँ । यो वास्तवमा सबैको समावेशीतामा आधारित व्यवस्था हो । त्यसैकारण यो व्यवस्थामा कुनैपनि पार्टीको बहुमत आउने सम्भावना रहँदैन, तर सबै साथीहरुको सहयोगले यो पार्टी सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर यो पार्टीलाई अझै सुदृढ गर्दै यसलाई ग्रास लेभलबाटै यो पार्टीलाई पूर्ण रुपमा प्रतिवद्ध गराइ बलियो बनाउन लाग्नुपर्छ ।’

सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पार्टीलाई पूर्ण रुपमा प्रतिवद्ध गराइ बलियो बनाउन लाग्नुपर्ने बताउनु भयो ।